Skip to main content

Posts

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...
Recent posts

चिनियाँ नाकाको सकस

  हुम्लाको हिल्सा नाका । तस्बिर : नवीन बराल कोरोना महामारीपछि चीनले उत्तरी नाका बन्द गर्दा हिमाली जीवनको लय भत्किएको छ सीमा क्षेत्रमा चीनले तीव्र विकास गरेको छ । विकासकै कारण हिमाली क्षेत्रका बासिन्दा रोजगारीका लागि चीनकै भर पर्थे । सीमापारि गएर मजदुरी र व्यापार व्यवसाय सिर्जना गर्ने क्रम बढको थियो । तर, २०१९ को कोभिडपछि उत्तरी नाका बन्द हुँदा हिमाली नेपालीको दैनिकी अस्तव्यस्त छ । अझै नाका खुल्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर हिमाली क्षेत्रका समुदायलाई परेको छ । भौगोलिक विकटता, पूर्वाधारबाट बन्चित, नेपालतिरबाट सडक सञ्जाल नहुँदा दैनिक जीवनयापनमा ठूलो संकट देखापरेको छ । नेपालको उत्तरी सीमामा पर्ने चीन विश्वको दोस्रो उदयमान शक्ति देश पनि हो । हिमालय शृंखला, भञ्ज्याङ, देउराली, हिमचुचुरो, कठिन भौगोलिक बनावटले दुई देशलाई छुट्याएको छ । नेपाल–चीनबीच ७९ मुख्य र २० सहायक सीमास्तम्भ छन् । नेपाल–चीन नाका रसुवागढी, रसुवा–केरुङ (ग्याइरोङ) काउन्टी, तातोपानी (कोदारी) सिन्धुपाल्चोक–झाङ्मु काउन्टी, हिल्सा, हुम्ला–बुराङ, बुराङ काउन्टी, (कोरला) लो मान्थाङ, मुस्ताङ– जोङ्बा काउन्टी, किमाथांका, संखुव...

कोदारी डायरि- सुनसान कोदारी 

  सधैं गुलजार रहने कोदारी बजारलाई सन् २०१५ को भूकम्प, सन् २०१६ मा भोटेकोशीमा आएको बाढी र त्यसपछि आएको कोरोना महामारीले सुनसान मात्र बनाएको छैन‚ धेरैलाई विस्थापित पनि गरेको रहेछ। फागु पूर्णिमा भएकाले फागुन २२ गते काठमाडौंका बाटामा रङ छ्यापेर रमाउनेहरूको भिडभाड थियो। रङहरूको पर्व होली हो। तर‚ रङको एलर्जी भएकाले म प्रायः होली खेल्दिनँ।  यस वर्षको होली कोदारी गएर मनाउने भन्ने भयो। मेरो यात्रा प्रायः मोटरसाइकलबाटै हुने भएकाले कोदारी यात्रा पनि मोटरसाइकलमै भयो। बिहान ९ बजे मोटरसाइकल लिएर सेतो पुलमा पुगें। त्यहाँबाट मित्र निष्नु थिङसँग बाटो लाग्यौं। भक्तपुर-धुलिखेल-पाँचखाल हुँदै करीब ११ बजेतिर दोलालघाट पुग्यौं। सुनकोशीको किनारमा रहेको दोलालघाटमा पनि होलीको रौनक थियो। हामी भने त्यहाँ खाना खाएर गन्तव्यतिर लाग्यौं। वनदेउ चोकबाट दायाँ लागेर केही बेरमा बाटो भोटकोशी तिरैतिर लाग्यो। बाटोमा मोटरसाइकल, जीप र माइक्रोबस, बस र कारको आवतजावत बाक्लो थियो। केहीबेरमा सुकुटे पुग्यौं। र्‍याप्टिङका लागि प्रख्यात सुकुटे पर्यटकीय क्षेत्रमा मानिसको घुइँचो देख्दा पर्यटनकर्मीको नाताले खुशी लाग्यो। सुकुटेको ...

मुस्ताङ डायरी-१ : कालीगण्डकीको तीरैतीर

कालीगण्डकीको तीर पछ्याउँदै पुगिन्छ मुस्ताङ। मुस्ताङ अर्थात् हिमाल पारिको देश। अर्को शब्दमा कालीगण्डकी नदीको उद्गमस्थल। लोवा अनि थकाली संस्कृतिको संगम, चाँदी झैं टल्किने नीलगिरि, अन्नपूर्ण र धवलागिरि जस्ता हिमश्रृङ्खलाहरूको समीप चिसो र रोमाञ्चक स्पर्श अनुभूति गर्दै यात्रा गर्न पाइन्छ यहाँ। मुक्तिनाथ धार्मिक क्षेत्रको अवस्थिति रहेको एउटा सुन्दर हिमाली जिल्ला पनि हो मुस्ताङ। हेरेर नथाक्ने एउटा विराट भूमि। गुरु पद्मसम्भव लगायत सिद्ध पुरुषहरूले तपस्या गरेको भूमि। आकाश छुने घाट अनि त्यसभित्र अलौकिक रहस्यमय पाराका गुफाहरू। सदियौं वर्ष पुराना गुम्बा र रातो खैरो अनि माटे चट्टान। कालीगण्डकीको बायाँपट्टिको तीरैतीर कालीगण्डकी करिडोर छ जुन चीन-नेपालको सिमाना कोरला नाकामा गएर टुंगिन्छ। एकताका सन् २००१ तिर डोल्पाबाट भेडा–च्याङ्ग्रा व्यापारको लागि जाने मौका जुरेको थियो। डोल्पाका तराली मगरहरूले डोल्पा, मुस्ताङ अनि चीनबाट समेत भेडा–च्याङ्ग्रा लिएर पोखरा र बेनीसम्म पुगेर दशैं र तिहारको बेला बिक्री गर्ने गर्दथे। यो तरालीहरूको पुरानो व्यवसाय हो। त्यसताका अनुभवको लागि म पनि गएको थिएँ। हामी डोल्पा तिछुरोङबाट...