Skip to main content

Posts

Showing posts from December, 2020

तराली मगरहरुको महान चाड 'रुङ'को एक परिचय

तराली मगरहरको कूल देवता च्योहोपता’ ‘ डोल्पा  तिछुरोङ  क्षेत्र मा  बस्ने तराली मगरहरुको मुख्य र महान चाड  रुङ’ हो । यो चाड २० देखी २५ दिन सम्म मनाउने गर्दछन्।  पहिला तिछुरोङ क्षेत्रमा त्यस क्षेत्रका राजा वा दाताका रुपमा च्योहोपता भन्ने थियो । रुङ तराली मगरहरुको कुल देवता च्योहोपताको भक्ती भावका साथ मनाउने गर्दछन ।  हिउंदमा ति छु रोङ क्षेत्रमा जाडो हुने जाडो छल्न, च्योहोपता मधेस झर्ने उदौँलिको रुपमा च्योहोपताको बिदाइ स्वरुप रुङ मनाउने गर्दछ्न । च्योहोपता तिछुरोङ क्षेत्रको अभिभावक,रक्षक तथा परम पिता रुपमा मानिन्छ । तिछुरोङ क्षेत्रमा आपतबिपत पर्दा होस या अति बृस्ती, अनाबृस्टी  पर्दा होस सदैब च्योहोपताले बचावट गर्दछ भन्ने जनविश्वास पनि रहेको पाइन्छ ।  हरेक वर्ष हिउँदको बेला कहिले माघमा भने कहिले पौषमा पर्ने यो चाड तराली मगरहरुको महत्वपूर्ण र महान चाड हो । खेतको कामहरु तथा अन्न भण्डारण, अन्न प्रशोधन पछि फुर्सदको बेलामा मनाउने यो चाड विशेष गरी तिब्बेतियन लामा धर्मको पात्रोको आधारमा शुभसाइतको समय हेरेर मनाउने चलन रहेको छ । कहिले पौष महिनाको ९–११ वा कहिले ...