Skip to main content

Posts

Showing posts from December, 2022

मुस्ताङ डायरी-१ : कालीगण्डकीको तीरैतीर

कालीगण्डकीको तीर पछ्याउँदै पुगिन्छ मुस्ताङ। मुस्ताङ अर्थात् हिमाल पारिको देश। अर्को शब्दमा कालीगण्डकी नदीको उद्गमस्थल। लोवा अनि थकाली संस्कृतिको संगम, चाँदी झैं टल्किने नीलगिरि, अन्नपूर्ण र धवलागिरि जस्ता हिमश्रृङ्खलाहरूको समीप चिसो र रोमाञ्चक स्पर्श अनुभूति गर्दै यात्रा गर्न पाइन्छ यहाँ। मुक्तिनाथ धार्मिक क्षेत्रको अवस्थिति रहेको एउटा सुन्दर हिमाली जिल्ला पनि हो मुस्ताङ। हेरेर नथाक्ने एउटा विराट भूमि। गुरु पद्मसम्भव लगायत सिद्ध पुरुषहरूले तपस्या गरेको भूमि। आकाश छुने घाट अनि त्यसभित्र अलौकिक रहस्यमय पाराका गुफाहरू। सदियौं वर्ष पुराना गुम्बा र रातो खैरो अनि माटे चट्टान। कालीगण्डकीको बायाँपट्टिको तीरैतीर कालीगण्डकी करिडोर छ जुन चीन-नेपालको सिमाना कोरला नाकामा गएर टुंगिन्छ। एकताका सन् २००१ तिर डोल्पाबाट भेडा–च्याङ्ग्रा व्यापारको लागि जाने मौका जुरेको थियो। डोल्पाका तराली मगरहरूले डोल्पा, मुस्ताङ अनि चीनबाट समेत भेडा–च्याङ्ग्रा लिएर पोखरा र बेनीसम्म पुगेर दशैं र तिहारको बेला बिक्री गर्ने गर्दथे। यो तरालीहरूको पुरानो व्यवसाय हो। त्यसताका अनुभवको लागि म पनि गएको थिएँ। हामी डोल्पा तिछुरोङबाट...

भोटे चियाको कथा

  चिया विश्वभरि नै सबैभन्दा बढी पिइने पेयपदार्थ हो । नेपालमा चिया केवल पेयपदार्थ मात्र होइन, भावनासमेत हो । बिहान उठेर कहीँ कतै गए सबैभन्दा पहिले सोध्ने प्रश्न हो, ‘चिया खानुभयो ?’ फोनमा कुराकानी भएपछि अन्त्यमा भन्ने गरिन्छ, ‘अब एक दिन भेटेर चिया खाउँँला है ।’ कतै बाटोमा परिचित साथीसँग भेट भयो भने भनिन्छ, ‘चिया खान जाऊँ ।’ यसरी चियासँग दैनिक गरिने हाम्रा धेरै क्रियाकलाप जोडिएका छन् । चियाका धेरै प्रकार छन् र यसलाई विविध तरिकाले खाने गरेको पाइन्छ । संसारमा चिया खाने प्रचलन चीनबाट सुरु भएको मानिन्छ । चिया चिनियाँ सम्राट् र जडीबुटीविद् शेल नुंगले इसापूर्व २७३७ मा पत्ता लगाएको भनिन्छ । चियाको उत्पत्तिबारे एउटा रमाइलो कथा पनि छ । चिनियाँ सम्राट् शेल नुंग सधैँ उमालेको पानी मात्र पिउने गर्थे । सम्राट्लाई सेवकले सधैँ उमालेको पानी दिने गर्थे । एक दिन सम्राट् टाढाको यात्रामा निस्के ।   यात्राका क्रममा आराम गर्न एक ठाउँमा रोकिए । त्यसै वेला एक सेवकले सम्राट्का लागि पानी उमाले । त्यही वेला जंगली चियाकोे पात पानीमा परेछ । एकाएक पानी खैरो रङमा परिणत भयो । तर, त्यो कुरा सेवकले थाहा पाएनन् । ...

यार्चा डायरी–२

  कुरा मिति २०६१ सालतिरको हो । जेठको ९ र १० गते क्रमशः लुङ्जु र तोपार बन छोडे । दुईदिन लुङ्जु र तोपारमा यार्चा टिप्न गैयो । खासै धेरै पाइएन् । उता रुकुमतिरको वन भने माओवादीले पहरा लाएको थियो । प्राय गरी जेठको पहिलो सातादेखि नै रुकुमतिरबाट आएका माओवादीहरूले शहरतारा र रुकुमको सीमामा पहरा लगाउने गर्थे । हिला शहरताराको वनक्षेत्र पानीडालसम्म थियो र पछि जब यार्चा टिप्न शुरू भयो त्यो सँगै वनको महत्व बढ्यो र माओवादीहरूको पकड क्षेत्र रुकुम भएकोले शहरताराले पहिलेदेखि भोगचलन गर्दै आएको वन हडपे । जनयुद्ध कालमा माओवादीको डर र त्रासले वर्षौंदेखिको भोगचलन गर्दै आएको वन गुमाए । नडराओस् पनि कसरी, माओवादीहरू हतियारी हुन्थे, उनीहरूकोविरुद्ध गए जनकारवाही भोग्नु पर्दथ्यो । त्यसताका तिछुरोङ क्षेत्रको शहरतारा र लावन गाविसहरू सदरमुकामको नजिकै भएपनि माओवादीहरूको पकडमा थियो । त्यति मात्र कहाँ हो र त्यस बेलाको यार्चाको लागि मुख्य व्यापारिक केन्द्र धोतारापसम्म माओवादीको पकड थियो । यार्चा टिप्नको लागि संकलन पूर्जी होस् या यार्चा खरिद बिक्रीको लागि व्यापार गर्न होस् ...