" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर याङ्मा खोला कन्चन बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए । ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे भोटेका केटाकेटीहरु " रोङ्बा लेप्सो , रोङ्बा लेप्सो " (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए । बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे । लिम्बुहरुलाई तानेर आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै मानव समुह बिच विना मुद्राको प...