"माघको
महिना , वरिपरिको
डाँडाहरुमा सेताम्मे
हिंउ परेको
,
वरपर घनाजंगल
र बिचमा
चौर अनि
एउटा सानो
टिनले छाएको
पाटी । वरिपरी
निलो पहेलो
रंगका पालहरु
टाँगिएको थियो
। तलतिर
याङ्मा
खोला कन्चन बगिरहेको
आवाज
सुनिन्थ्यो। पालको बाहिर
र चौरमा
बसेर याङ्माबाट झरेका याङमाली भोटेहरु तमोरखोलाबाट
माथि आउने लिम्बुहरुको
बाटो हेरीरहेका
थिए । ढाक्रा
बोकेर एकहुल लिम्बुहरु जब आइपुगे भोटेका केटाकेटीहरु
"रोङ्बा
लेप्सो,
रोङ्बा
लेप्सो "
(लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि
चिच्याए । बयस्क भोटेहरु
हतारहतार गरी
लिम्बुहरु आइरहेको
बाटो तिर
कुदे । लिम्बुहरुलाई तानेर आ’ आफ्नो पालमा
लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो ।
मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै
मानव समुह बिच विना मुद्राको प्रयोग गरिने वस्तुहरुको सट्टापट्टा गर्नु हो ।
आफैले उत्पादन गरेको वस्तु वा अरुले उत्पादन गरेको वस्तु विच सट्टापट्टा हुन्छ। । विशेष गरी ढुङ्गेयुग, शिकार खेल्ने र ओडारमा बस्ने काल देखी स्थायी बसोबास हुँदै आजको आधुनिक युगसम्म आइपुग्दा वस्तु विनिमयको महत्व थियो । वस्तु विनिमय सर्वप्रथम प्राचिन
ग्रीक सभ्यताको मेसोपोटमियाका ट्राइबहरुले गरेका थिए । त्यसलाई पछयाउदै फोइनिसियनहरुले अवलम्वन गरेको भन्ने इतिहास भेटिन्छ ।
मध्य युगतिर आएर युरोपियनहरु
विश्व भ्रमणको शिलशिलामा हस्तकला सामाग्री र जनावरको भुत्ला (उन तथा भुवाहरु) संग रेशम र अत्तरको विनीमय गरेको पाइन्छ । त्यसै गरी सन १९३० को ग्रेट डिप्रेसनको वेलामा पनि मुद्राको अभाव भएको कारण वस्तु विनीमय निकै महत्वपूर्ण रहेको थियो भन्ने तथ्य पाइन्छ । तर फेरी दोस्रो विश्युद्द पछी अन्तराष्ट्रीय मुद्रा कोषको स्थापना पछी नगद अर्थतन्त्र, मुद्राको ब्यापक प्रयोग र बढ्दो बजारिकरणले बिस्तारै परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गयो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने सन १९५० पुर्व बिशेष गरी हिमाली जिल्लाका गाँउहरुका बासिन्दाहरुले
तिब्बतबाट नुन ल्याइ त्यही नुन मध्य पहाड तथा खसान क्षेत्रहरुमा
ल्याएर वस्तु विनिमय गर्ने गर्दथियो । उच्च हिमाली भु-भागहरुमा यथेष्ट अन्न उब्जाउ नहुने र त्यहाँका मानिस हरुले याक, घोडा, र जोपामा नुन बोकेर तल बेसी झर्ने र बेसीमा अन्नहरु धान, चामल, कोदो, मकै, दाल, फापर सँग सट्टापट्टा गर्नु त्यसताकाको अर्थतन्त्र अभिन्न अंग थियो भन्ने कुरा मानवशास्त्री जेम्स फिसरले (१९६८) तराली मगरहरु बारे गरेको अध्ययनमा उल्लेख गरेका छन । तर पछी फेरी जनवादी गणतन्त्र चिनले तिब्बतलाई आफ्नो अधिनमा लिए पश्चात, भारतिय देशी नुनको बजार विस्तार पछी हिमाली भु-भागको नुन र अन्नको वस्तु विनीमय विस्तारै ओझेलमा पर्दै गयो । अर्को तिर नेपालमा २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना, नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो र यसलार्इ २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो र नेपालको परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन
गर्दै गएको देखिन्छ ।
नेपालको पुर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने पहाडी जनजाति
लिम्बु र हिमाली जनजाति भोटे बिच कोदो र आलुको
वस्तु विनिमय
जिवित नै रहेछ । । ताप्लेजुङको माथिल्लो भु-भाग उपल्लो भूभाग घुन्सा
र याङ्मामा
आलु बाहेक अन्य
अन्न उत्पादन नहुने
मात्र नभई आलुको उब्जनी
निकै
राम्रो हुने हुँदा आफूले खानु बाहेक कोदो सित साट्न तल झार्ने रहेछ। याङ्मा
र घुन्साको आलु ताप्लेजुङ क्षेत्र मै निकै प्रख्यात मानिदो रहेछ ।
याङ्माको आलु बिशेष गरी खान को लागी
मिठो र स्वादिलो हुने र बिउको लागी पनि देशी आलु भन्दा बढी उत्पादन हुने लिम्बुहरुको बुझाइ रहेको हुँदा प्रत्यक वर्ष माघ देखी फाल्गुन सम्म आलु र कोदोको सट्टापट्टा
हुने रहेछ।
पौष
२८ गते देखी माघ १८ गते सम्मको यसपालीको पुर्वी नेपाल भम्रणले बेला सन्जोकले त्यही वस्तु विनिमयलाई नजिकैबाट हेर्ने मौका मिल्यो । म र मेरा मित्र दिल बिक्रम आइङ्देम्बे, पुर्वी नेपालो भ्रमण गर्ने शिलशिलामा
हामी काठमान्डौबाट धरान, त्यस पछी इलाम, पाचथरको फिदिम हुँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै तमोर
खोलाको
किनारै किनार तापेथोक
पुग्यौँ । त्यस पछि लेलेप
र इलाडाँडामा बास बसियो । त्यसै दिन हामिले बाटोमा तमोरखोलाका लिम्बु दाजुभाइहरु कोही माथी कोही तल ढोक्रा बोकेर जाने आउनेहरुको लावालस्कर देखीयो । यसरि
देख्दा उनीहरू आलु र कोदोको वस्तुविनिमय चेने भन्ने ठाउँमा भइरहेको जानकारी पाउँदा त्यहाँ
पुग्ने र त्यहाँको किर्याकलाप हेर्ने उत्सुकता जाग्यो
र भोलीपल्ट तमोर खोला हुँदै हिँडीरहेका
लिम्बु दाजु भाइहरुलाई पछ्याउँदै हामी चेने सम्मको यात्रा तय गर्यौ
।
माघ महिनाको शुरुवातसंगै माथी याङ्माबाट याङ्माली
भोटेहरु
भिर, पाखा,
जङ्गल छिचोल्दै, याङमा खोलालाई
पछ्याउदै याकको लावालस्कर सहित एकदिनको पैदल यात्रा तय गरेर चेने भन्ने ठाँउमा आउँदा रहेछन । त्यसै गरी तल तमोर खोलाका लिम्बुहरु १३ वर्षे वालक देखी ५५ वर्ष सम्मका वयस्कहरु ढोक्रोमा कोदो बोकेर, तमोर
खोलालाई पछ्याउदै, ४-५ दिनका
लागी चाहिने रासन चामल, दाल, नुन,
तेल, खुर्सानी आदी बोकेर बाटो बाटोमा आफै पकाएर २-३ दिनको पैदल यात्रा गरेर चेनेमा पुग्दा रहेछन । फेरी २-३ दिनको पैदल यात्राबाट आफ्नो गाँउघर फर्किने गर्दा रहेछन । ।
चेने करीब समुद्री सतह देखी ३१०० मिटरको उचाइमा याङमा खोलाको गल्छी र वरिपरी घना जङ्गल ढाकेको रहेछ, त्यही बिचमा एउटा चौर जस्तो ठाँउमा कन्चनजङ्घा संरक्षण क्षेत्रले एउटा पाटी बनाएको रहेछ, त्यही पाटिको वरिपरी माथी याङमाबाट आएका याङ्मालीहरु पाल टाँगेर बसेको हुदो रहेछ ।
याङ्मामा ११ घरधुरी रहेको र ति ११ घरधुरिले करीब ४००-५०० घरधुरिको तमोरखोलाका लिम्बुहरुको लागी आलु परिपुर्ती
गरेको जानकारी मिल्यो । लिम्बुहरुको
प्राय आफ्नो इष्ट हुदो रहेछ भने कोहीको इष्ट नहुदोँ रहेछ । इष्टहुनेहरु आफ्नो इष्टसंग सट्टापट्टा गर्दा रहेछन । यसरि आलु र कोदो
साट्दा दोगुना यानिकी एक पाथी कोदो बराबर दुइ पाथी आलु गरेर साट्दा रहेछ्न ।
याङ्मा कारीब समुद्री सतह देखी ३५००० मिटर माथी भएको हुँदा आलु बाहेक अन्य अन्न उत्पादन नहुदो रहेछ । याङ्मामा
बिशेष गरी सालाखालामा एक घर बराबर ४०-५० मुरी
आलु उत्पादन हुदो रहेछ । जस मध्य १० मुरी आलु घर खर्ची र बिउको लागी छुटाएर राख्दो रहेछ भने अरु बाँकी
(सर्प्लस उत्पादन) सबै आलु कोदो सँग सट्टापट्टा गर्दा रहेछन । याङ्मालिले चामल,
मैदा अनि सातु लगायत अन्य खाद्द्यान्न भने बर्षा याममा तिब्बतबाट नै ल्याउने गरेको
बुझियो । यसरि कोदो याङ्मलिहरु दुइवटा प्रयोजनको लागी उपयोग गर्दा रहेछन्, एक जाडो संग अनुकुलन हुन
तोङ्बा बनाएर खानको लागी प्रयोग गर्दा रहेछन भने अर्को याङ्मालीहरुको मुख्य पेशा पशुपालन भएको हुनाले हिउदमा घाँसको अभावको हुने र त्यही बेला वस्तुभाउ याकचौरि, भेडा, च्याङ्रा लाई खोले बनाएर खुवाउनको निमित्त कोदोको प्रयोग गर्दा रहेछन । यसरि
आलु र कोदोको वस्तु विनिमयमा याङ्माली र लिम्बुहरुको एकअर्काको अवश्यकता परपुर्तीको लागी निकै ठुलो भूमिका खेलेको देखिन्छ ।
याङ्मा गाँउ ओलाङ्चुङ गोलाबाट दुइ दिन पैदल यात्रा लाग्ने र घुन्साबाट
पनि दुइ दिन लाग्ने अनि तल तमोर खोलाका गाँउहरुबाट पनि दुइ दिन लाग्ने हुँदा याङ्मालीहरुको वैवाहिक सम्बन्ध प्राय जसो तिब्बत तिरबाट नै हुदो रहेछ । बिशेष गरी
तिब्बती महिला र याङ्माली पुरुषहरु वैवाहिक सम्बन्ध गासेको हुदो रहेछ । तर
याङ्मामा एक जना महिला तल तमोर खोलाबाट गएका रहेछन । उनी नेपाली भाषा राम्रो संग बोल्न सक्ने भएको हुँदा इष्ट न\भएका लिम्बुहरु उनि संग वस्तु विनीमय गर्दा रहेछन । त्यसैले
प्राय सधै उनको आलु सबै भन्दा पहिले खपत भइसक्दो रहेछ किन भने माथीका सबै याङ्मालीहरुले नेपाली भाषा बोल्न नजान्ने र तलका लिम्बुहरुले याङ्माली भाषा बोल्न नजान्ने हुँदा भाषिक कारणले पेमापुटी दिदिको आलु सधै सबैभन्दा पहिले खपत हुदोरहेछ । जसरि
मानवशास्त्री जेम्स फिसरले, टिछुरोङ क्षेत्रको तराली मगरहरुले वस्तुहरुको विनीमय संगै भाषा र संस्कृतिको पनि विनीमय हुन्छ भनेका
भएता पनि याङ्माली
र लिम्बुहरुको सवालमा भने सम्पर्क भाषाको
विनिमय नभएको देखिन्छ। त्यसैले
एक अर्काको भाषा नजानेकोले गर्दा सांकेतिक रुपमा हातको इशाराले पनि
विनिमय गरेको देखियो ।
मानवशास्त्रीय दृष्टिकोणमा वस्तु विनीमय एकदमै महत्वपुर्ण देखिन्छ । मानवशास्त्री
लेभी स्ट्रसले भनेका छन कि मानव सम्बन्धहरु बिशेष गरी दुइ वटा विनीमयहरुबाट बन्ने गर्दछ जस्तै एक, महिलाको सट्टापट्टा यानिकी वैवाहिक साइनो सम्बन्ध र अर्को वस्तुको विनीमय । वस्तुको विनीमयसंगै मानिसको सम्बन्धहरु स्थापित हुँदै जाने गर्दछन । जस्मा मितेरी साइनो, इष्ट जस्ता सम्बन्धहरु वस्तुहरु प्रभाह वा विनिमयबाट बन्दछन भनेका छन ।
याङ्माली आलु र लिम्बुहरुको
कोदोको विनीमयसंगै याङ्मालीहरु र तमोर खोलाका लिम्बु हरुको
बिच वैवाहिक सम्बन्ध नभए पनि मितेरी सम्बन्ध
भने रहेछ ।
मानवशास्त्री जनक राइ (हराउदै मितेरी साइनो
आलेख), मितेरी साइनो असुरक्षाबाट बच्ने महत्वपूर्ण सामाजिक पुँजी हो । मितेरी साइनोसँग अन्तर्निहित भएको मोरल इकोनोमी (नैतिक अर्थशास्त्र), धार्मिकता, कुटुम्बता र पारस्परिकता, जातीय र वर्गीय घेराबन्दीभित्र पनि नातागोता बनाउने सक्ने क्षमता भएका कारण नै मित प्रथाले व्यापकता पाएको हुनुपर्छ । अर्कोतिर यसको व्यापकताका लागि मितेरी सम्बन्धसँग गाँसिएको अर्थ राजनीति पनि उत्तिकै महत्वपूर्ण हो राख्दछ भन्ने तर्क गर्दछ्न । याङ्माली र तमोरखोलाका लिम्बुहरुको सवालमा पनि मितेरी साइनो हुनेहरु बिच आलु र कोदोको विनीमय मात्र नभएर नासो लिने दिने प्रचलन पनि रहेछ । तल तमोर खोलाका लिम्बुहरुले कोसेली स्वरुप 'किनेमा' लिने
र माथी याङमालीहरुले बिशेष स्वागत सत्कार गर्दा रहेछ्न ।
यदी यङ्मामा आलु नहुदो हो त
लिम्बुहरु चेनेमा जाने थिएनन्
र लिम्बुहरुको कोदो नहुदो हो त याङ्मालीहरु चेनेमा आउदैनन्
थिए
। याङ्माली र लिम्बुहरुको आलु र कोदोको विनीमय प्रचलन कहिले देखी भन्ने एकिन मिती र समय नभए पनि परा-पुर्वकाल देखी बाउ बाजेको पाला देखी चलीआएको भन्ने बताउँछन । त्यसैले
ताप्लेजुङको तमोरखोलाका लिम्बुहरु र उपल्लो ताप्लेजुङका याङ्माली र घुन्साका वालुङहरु बिचको सम्बन्धलाई आलु र कोदोले बाधेको पाइन्छ । साथसाथै
यि समुदायहरु बिचको आलु र कोदोको विनीमयले दुबै समुदायको आवश्यकता परिपुर्ती पनि गरेको देखिन्छ । जसरि लिम्बुहरुको आलुको बिउ याङमालीहरुले पुर्ती गरेको देखिन्छ भने त्यसै गरी याङ्मालिहरुको कोदोको आवश्यकतालाई लिम्बुहरुले परिपुर्ती गरेको देखिन्छ । याङ्माली आलु र लिम्बुहरुको कोदोको विनीमयमा ति बस्तु भित्र अन्तर निहित दुबै समुहको श्रमको सट्टापट्टा पनि हो । त्यसैले आलु र कोदो वस्तु मात्र होईन एक अर्काको श्रमको लागत पनि हो । दुबै समुहले आ-आफ्नो श्रम र पसिना
बगाएर आलु र कोदो उत्पादन गरेको हुन्छ । त्यही उत्पादनलाई बिचौलिया मार्फत नभै खुद आआफै आआफ्नो वस्तुहरुको विनीमय गर्ने गर्दछन । नगद र बजार बिना कसरी एउटा समुदायको आवश्यकता अर्को समुदायले परीपुर्ती गर्दै मानविय सम्बन्धहरु स्थापित हुदो रहेछ भन्ने ज्वालन्त उदाहरण यसलाई मान्न सकिन्छ ।
Comments
Post a Comment