काठमाडौ देखि नेपालगन्ज आएको भोलि पल्ट देश लकडाउन भए पछि म संगै सयौ डोल्पालीहरु नेपालगन्जमा लकडाउनमा परियो। त्यसको भोलि पल्ट दिन यताउता खबर र समाचारहरु टेलिभिजनमा हेरियो र सुनियो। एक्कासी जनार्दन शर्माले जाजरकोट मान्छेहरु बुटवलबाट उद्दार भने पछि मेरो ध्यान पनि त्यतै गयो र मैले पनि नेपालगन्जमा रहेका सम्पुर्ण बिद्यार्थी , बृद्द , सुतकेरी सबैलाई डोल्पा पुर्याउने मनमै एउटा संकल्प लिए। तद अनुरुप शुरुमा एउटा समाचार तयार पार्ने र त्यसैको आधारमा डोल्पा पुर्याउनको लागि पहल गर्ने सोच फुर्यो । डोल्पामा अवस्थित राम नेउपाने जि लाइ एउटा समाचार तयार पार्न आग्रह गरे । त्यसै अनुरुप थाहा खबरबाट पहिलो पल्ट " डोल्पालीहरु नेपालगन्जमा अलपत्र " भन्ने समाचार thahakhabar.com बाट बाहिरियो। त्यस पछि शुरुमा जनार्दन शर्मालाई फोन गर्ने आइडिया फुर्यो तर म संग उहाको नम्बर थिएन। त्यस पछि शुरुमा ने . क. . पा केन्दृय सदस्य श्री हंस बहादुर शाही संग कुरा गरे। उहाँले गृहमन्त्राल...