
काठमाडौ देखि
नेपालगन्ज आएको
भोलि
पल्ट
देश
लकडाउन
भए
पछि
म
संगै
सयौ
डोल्पालीहरु नेपालगन्जमा लकडाउनमा परियो।
त्यसको
भोलि
पल्ट
दिन
यताउता
खबर
र
समाचारहरु टेलिभिजनमा हेरियो
र
सुनियो। एक्कासी जनार्दन शर्माले जाजरकोट मान्छेहरु बुटवलबाट उद्दार
भने
पछि
मेरो
ध्यान
पनि
त्यतै
गयो
र
मैले
पनि
नेपालगन्जमा रहेका
सम्पुर्ण बिद्यार्थी, बृद्द,
सुतकेरी सबैलाई
डोल्पा
पुर्याउने मनमै
एउटा
संकल्प
लिए।
तद
अनुरुप
शुरुमा
एउटा
समाचार
तयार
पार्ने
र
त्यसैको आधारमा
डोल्पा
पुर्याउनको लागि
पहल
गर्ने
सोच
फुर्यो
।
डोल्पामा अवस्थित राम
नेउपाने जि
लाइ
एउटा
समाचार
तयार
पार्न
आग्रह
गरे
।
त्यसै
अनुरुप
थाहा
खबरबाट
पहिलो
पल्ट
"डोल्पालीहरु नेपालगन्जमा अलपत्र"
भन्ने
समाचार thahakhabar.com बाट बाहिरियो। त्यस
पछि
शुरुमा
जनार्दन शर्मालाई फोन
गर्ने
आइडिया
फुर्यो
तर
म
संग
उहाको
नम्बर
थिएन।
त्यस
पछि
शुरुमा
ने.क. .पा केन्दृय सदस्य
श्री
हंस
बहादुर
शाही
संग
कुरा
गरे।
उहाँले
गृहमन्त्रालय सम्म
कुरा
राख्ने
आश्वासन दिनु
भयो
।
लगत्तै
ने.क.पा केन्द्रिय सदस्य
तथा
ने.क.पा. का
संसद
तथा
पुर्व
शान्ती
मन्त्री सत्या
पहाडी
लाई
फोन
गरे।
आफ्नो
समस्याहरु सुनाए
। उहाँले पनि
समाधानको लागि
पहल
गर्ने
आश्वाशन दिनु
भयो।
त्यस
लगत्तै
प्रदेश
माननीय
तथा
पर्यटन,
उद्योग
तथा
वन
मन्त्रि श्री
नन्द
सिंह
बुढा
संग
कुरा
गरे।
उहाले
पनि
पहल
गर्ने
कुरो
गर्नु
भयो।
लगत्तै
संघिय
संसद
तथा
पुर्व
राज्य
मन्त्री श्री
धन
बहादुर
बुढा
संग
कुरा
गरे
र
उहाँले
पनि
पहल
गर्ने
कुरो
गर्नु
भयो
।
त्यस
पछि
मैले
मेरो
एक
जना
हितैसी
मित्र
सित
पुर्व
गृहमन्त्री तथा
माननीय
जनार्दन शर्मा
को
नम्बर
लिए।
उहाँ
संग
कुरा
गरे।
उहाँले
तपाईंलाई केही
बेरमा
सम्बन्धित निकायबाट फोन
आउँछ
धैर्य
गर्नु
भन्नूभयो ।
त्यसै
लगत्तै
मैले
दुई
समाचारहरु बनाउन
लगाए
डोल्पालीहरु नेपालगन्जमा अलपत्र
भनेर shilapatra.com र breaklink.com बाट
दुई
वटा
समाचार
प्रकाशित भयो
त्यस्को भोलि
बिहान
७
बजे
नेपाल
टेलिभिजनबाट डोल्पालीहरु राँझा
एयर्पोर्टमा अलपत्र
भन्ने
समाचार
बाचन
भयो।
भोलि
बिहान
पटक
पटक
माननीय
जनार्दन शर्मा
ले
तपाईंहरु नआतिनुस म
पहल
गर्दैछु भन्नू
भयो
।
उहाँहरु संग
मेरो
कुरा
भैसकेको छ
।
तपाईं
न
आतिनु
होला
भनि
हौसला
पनि
दिनु
भयो।
माननिय
तथा
पुर्व
गृह
मन्त्री जनार्दन शर्मा
ज्यु
को
आश्वासन बाट
बिस्वस्त थिए
। केही
छिनमा
उहाले
बाँकेको प्रमुख जिल्ला अधिकारी कुमार बाहादुर खड्का र यस्पी को नम्बर पठाउनु
भयो
तै
पनि
मैले
क्रमस:प्रेदेशमा मन्त्री दल रावल, मन्त्री नन्द
सिङ बुढा, संघिय
संसाद
तथा
पुर्व
राज्य
मन्त्री धन
बाहदुर
बुढा
, नेपाली
कांग्रेसका केन्द्रीय सदस्य
आदरनिय
दाइ
कर्ण
बहादुर
बुढा,
संघिय
संसद
तथा
पुर्व
शान्ती
मन्त्री सत्या
पहाडी
हरुसंग
निरन्तर फोनमा
कुरा
गरेर
पहल
गरि
रहें।
त्यसै
दौरानमा डोल्पा
जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश
सुनारलाइ फोन
गरे
र
उहाँलाई हामी
१००
जनाको
हाराहारिमा आउदैछौ
भने,
र
उहाँले
भन्नू
भयो
तपाईंहरु नेपालगन्ज मै
बस्नुस
त्यति
जनालाई
यहाँ बस्ने ठाउँ छैन
। जो
जहाँ
छ
त्यही
बस्नु
भन्नू
भयो।
उहाँले
त्यो
भन्नू
स्वाभिक नै
थियो
।
तर
मैले
उहाँलाई नेपालगन्जमा गर्मीको बसाइ,
अनि
भारत
नाका
नजिकै,
३०/
४०
जना
एउटै
होटेलमा बस्नु
पर्ने
जस्ता
यावत
समस्याहरु सुनाए
पनि
उहाँ
मान्नु
भएन
।
उहाँले
जो
जहाँ
छ
त्यही
बस्न
डोल्पा
न
आउन
भने।
उहाँले
त्यसो
भने
पनि
मैले
पहल
गर्ने
ठाउँ
हरुमा
पहल
गरि
रहे।
दिन
भर
फोनमा
ठाउँठाउँमा पहल
पश्चात
बेलुका
गाडिमा
छोड्ने
कुरा
भयो
।
तर
फेरि
८
बजे
पछि
मात्र
भन्ने
कुरा
भयो।
अब
बेलुका
गाडि नै छोड्ने भए
पनि
हामी
जाने
भन्ने
भयौ।
करिब
७:३० बजे एस्पी
सापबाट
फोन आयो
तपाईंहरु ८
बजे
हिडनु
पर्यो
भन्नूभयो
।
तर
८
बजे
सबै
मानिस
जम्मा
हुने
स्थितिमा थिएन
।
किन
भने
५०-६० जना मानिसहरु नेपाल
गन्ज
एयरपोर्टमा थियो
भने
कोहि
नेपालगन्ज बजार
तिर
भने
कोहि
कोहलपुर तिर
थियो।
लकडाउनले गर्दा
सबै
एकै
ठाँउ
एक
घण्टा
भित्र
जम्मा
हुने
स्थिती
थिएन
।त्यसै
पछि
बेलुका
जाने
नसक्ने
र
भोलि
जाने
भन्ने
कुरा
राखे।
त्यस
पछि
यस्पी
सापले
हुन्छ
भने
र
हामी
त्यस्को भोलि
पल्ट
गाडी
चड्ने
तर
राती
८
बजे
पछि
मात्र
भन्ने
कुरो
भयो।
त्यसै
बेला
मुगुका
बिद्यार्थी लगायत
सर्वसाधारणहरु बोकेको
५
वटा
गाडीहरूमा करीब
दुइ
सय
जना
नेपालगन्ज एयरपोर्टबाट छुटे।
त्यस्को भोलि
पल्ट
हामी
दिन
भर
यताउति
लिस्ट
गर्दै
फोन
गर्दै
गरियो
।
बेलुका
करिब
८
बजे
राँझाबाट तीन
वटा
गाडीमा
नेपालगन्जमा रहेका
सबै
जाने
भन्ने
निर्णय
गरियो
।
त्यसै
पश्चात
राती
करिब
९:३०
बजे
एयरपोर्टमा हाम्रो
लिस्ट
लिन
एकजना
असइ
साप
आउनु
भयो
र
उहाँले
हाम्रो
लिस्ट
सर्कुलार गरेर
बस
पार्क
पठाउने
भन्दै
हाम्रो
लिस्ट
लिएर
गए ।
त्यस
पछि
त्यस्को करिब
एक
घण्टा
पछि
१०:३० बजे तिर
एउटा
गाडी
आयो
।
त्यही
गाडिमा
हामी
नेपालगन्ज बसपार्क आयौ।हामिलाइ बस
पार्कमा छोडेर
त्यही
गाडी
अन्यलाई लिन
फेरि
एयर
पोर्ट
गए।
हामी
भने
फेरि
नाम
लिस्टिङको लागि
लाइनमा
बस्यौ।
केही
बेर
पछि
करिब
११:३० मा अर्को
गाडी
पनि
आइ पुग्यो ।अर्को गाडी
आए
पछि
भाडाको
कुरो
आयो
।
भाडा
कति
भन्नेमा एक
छिन
खैला
भैला
नै
भयो
र
अन्त्यमा नेपाल्गन्ज देखि
तल्लु
बगर
सम्म
रु.
२०००
हामी
सहमत
भयौं
।
हामी
लगभग
१००
भन्दा
माथी
भएकोले
हामीलाई अर्को
गाडी
चाहिने
थियो
र
अर्को
गाडीलाई केही
बेर
कुरे
पछि
करिब
१२:३0 बजे हाम्रो
गाडी
नेपालगन्ज बसपार्काबाट हुइकियो। करिब
१
बजे
तिर
हामी
कोहल
पुर
पुग्यौं, कोहि
मानिसहरु कोहलपुर भएकोले
गर्दा
त्यहाँबाट
करिब
१
बजे
तिर
गाडी
अघि
बढ्यो।
कोहलपुरबाट केही
पर
चिसा
पानी
(हात्तिसार)आर्मीहरुले गाडी
रोके
।
गाडी
लागि
हामी
संग
लिखत
सवारी
पास
थिएन
।
आर्मीले गाडि
पास
बारे
सोधे
। तर
हामी
लकडाउनको कारणले
बाहिर
निस्किन नपाएकोले हामी
संग
गाडी
पास
बनाउन
नपाएको
तर
मौखिक
रुपमा
बाँके
प्रमुख जिल्ला अधिकारी र यस्पी
सापको
मौखिक
रुपमा
सवारी
पास
गर्ने
कुरा
भएको
भनेर
कुरा
राख्यौ
तर
पनि
त्यहाँका शैनिक
जवान
हरुले
हाम्रो
गाडी
पास
हुन
दिएनन
र
केही
बेर
रोके।
त्यस
पछि
१००
मा
कल
गरेर
हामिलाइ कगजी
अनुमती
नभए
पनि
मौखिक
अनुमती
लिएको
कुरा
सुनाए
पछि
भने
करिब
रातको
१:३० बजे हाम्रो
गाडी
त्यहाँबाट छोडे
।
गाडी
आफ्नो
गतिमा
गइरहेको थियो
।
रात
अबेर
भएको
कारण
प्राय
सबै
मानिसहरु मस्त
निदाएको थियो।
त्यसै
बेला
म
पनि
मन
मनै
पहिला
माओवादी जनयुद्दको बेला
पोखराबाट नेपालगन्ज आउँदा
बालुबाङमा परेको
बन्दको
यादमा डुब्दै थिए । यस्तै
यस्तै
सोच्दै
म
पनि
एकछिन
मै
निदाएछु। करिब
५
बजे
तिर
ब्युजेँ र
गाडीमा
चार
जना
मानिसहरु उभिएको
थियो।
हाम्रो
साथिहरु पनि
ब्युझे
र
भन्न
थाले
यी
चार
जनालाइ
ओराल्नु पर्यो। जाजरकोट रुकुमका मानिसहरु कालीपार (भारत)तिर जाने भएकोले
भारतमा
संक्रमितको संख्या
बढिरहेको मृत्यु
भइरहेकोले कतै
कोरोना
संक्रमित होला
भनेर
आत्तिएर ती
चार
जनालाई
ओराल्न
खलासीलाई भन्यौं।
ती
मनिसहरु रक्सीले मातेका
पनि
थिए
र
निकै
गन्नाइरहेको पनि
थियो।
हाम्रो
चिच्यावट र
चिल्लावट पछि
खलासी
भाइले
ती
चार
जनालाई
गाडीबाट ओराले।
त्यस्को आधा
घण्टा
पश्चात
हामी
सल्ली
बजारको
चेक
पोइन्ट
पुग्यौं। त्यति
बेला
बिहानको ७
बजेको
थियो।गाडि चेक
जाँच
पछि
फेरि
अगाडि
बढ्यो
र
हामी
जाजरकोट जिल्लाको छेडा बगर पुग्यौं। छेडा बगरमा पनि
चेकिङ
रहेछ।
त्यहाँ
पनि
केही
बेर
हाम्रो
गाडी
रोक्यो
।
त्यहाँ
जिल्ला
प्रशासनबाट आदेस
आए
पछि
अगाडि
मात्र जान भन्दै
रोके।
केही
बेर
पछि
त्यहाँबाट छोड्यो। त्यसपछी हामी
करिब
१२
बजे
तिर
खाना
खानको
लागि
जाजरकोटको मटेलामा सुसे
दि
रिभर
साइड
रेस्टुरेन्ट अगाडी हाम्रो गाडी रोक्यो ।
लक
डाउनका
बावजुट
पनि
करिब
११५
जनालाइ त्यस्तो बेलामा
पैसा
तिरेर
पनि
खान
मुस्किल परि
रहेको
बेला
उहाँहरुले खाना
खुवाए।
त्यस
पछी
भने
हाम्रो
गाडी
जाजारकोटको खलङ्गा
हुँदै
बेलुका
५
बजे
तिर हामी तल्लु
बगर
पुगियो । तल्लु बगरमा
हामिलाई बास
पाउन
मुस्किल होला
कि
जस्तो
लागेको
थियो
।
हाम्रो
कोही
साथीहरु
भने
त्यही
दिन
खदाङ
लागी
भनेर
जिपमा
गए
।
हाम्रो
गाडिमा
सवार
भएको
हामी
सबै
भने
एउटै होटेलमा अट्न सम्भव नभएकोले तीन
वटा
होटेलमा बिभाजित भएर बसियो । रात
भर र
दिन
भरको
गाडीको
थकानलाई
मेटाउने एउटा
लोकल
भाले
खाने
निधो
गर्यौ
।
जस
अनुरुप
होटेल
साहुजिले रु. १५००
मा
करिब
साढे
एक
किलो
जत्ती
भाले
ल्याए
। लोकल कुखुराको मासु संग मज्जाले खाना खाइयो । अनि भोली बिहान तीन वटा जिप लिएर हामी खादाङ आयौ । खादाङ डोल्पा सिमाको प्रमुख नाका हो । त्यही पनि नाकामा हेल्थ डेस्क सहित चेकिङ थियो । हामिले स्वास्थ्य चेक जाँच पछी सबैमा कुनै समस्या नदेखिए पछी फेरी त्यहाँबाट तीन वटा जिपमा छलगाड आयौं ।
डोल्पाको दुनैको प्रेबेशद्वार कालिका मन्दिरको प्रांगणमा मै थियो हेल्थ डेस्क । चारै तिर शैनिक, शसस्त्र र प्रहरिहरुले पहरा दिइरहेको थियो ।हामी नेपालगन्जबाट आउने करिब ४५ जना एउटै लाइनमा बस्यौं र एक एक गर्दै स्वास्थ्य जाँच गर्यो। कसैलाइ ज्वरो नभए पछि हामी चेक जाँचमा सफल भयौं । त्यस पछि हामिलाइ क्वारेन्टाइन मा राख्नको लागि कुरा चल्दै थियो। त्यसै समयमा शे फोक्सुण्डो गाउँ पालिकाका एक जना बृद्ध महिला क्वारेन टाइन मा बस्नु भन्दा मर्नु जाती भन्दै आत्म गर्न लागे। उनी ठुली भेरी नदिमा हाम फाल्न भनेर बाटो बाट तल जान थाले त्यत्ती कै मा प्रहरी जवान र अन्य साथिहरुले उनलाई रोके। पछि सबैले सम्झाए बुझाए पछि उनी मानिन। केही बेर पछि हामी हरु लाई सरस्वती माध्यामिक बिद्ध्यालयमा राख्ने भन्ने कुरो भयो र हामी ४५ जना लावालस्कर मिलाएर सरस्वती माध्यमिक बिद्द्यालय प्रांगणमा आयौं। सबै भन्दा अगाडि ठुलिभेरी नगर पालिकाका २३ जना महिला र पुरुषहरु त्यस पछि डोल्पो बुद्ध गाउँपालिकाका १३ जना र शे-फोक्सुन्डोका ३ जना अनि हामी काइके गाउँ पालिकाका ७ जना गरि सरस्वती बिद्द्यलयको प्रांगणमा एक एक कुनामा जम्मा भएर बस्यौं। ४५ जना मानिसहरुको लागि पुग्ने क्वारेन टाइन नभएकोले गर्दा केही बेर हामी च उ र तिर बरालिदै बस्यौं । जिल्ला प्रशासनले २२ जनालाइ मात्र पुग्ने क्वारेन्टाइन को ब्यवस्था भएकोले गर्दा ४५ जना लाई पुग्ने सम्भव थिएन।
यसै बेला ठुली भेरी नगर पालिकाका साथिहरु हामिलाइ सम्पुर्ण ब्यवस्था राम्रो हुनु पर्छ, होइन भने हामी नबस्ने भन्दै वडा न. ३ वडा अध्यक्ष अर्ण न्यौपाने संग केही बेर खैला भैला पनि गरे। पछि सहमतीमा आएर सबैलाई सक्दो ब्यवस्था गर्ने भनेर आश्वासन दिए पश्चात शान्त भयो। त्यसै दौरान मा हामी काइके गाउँ पालिकाका ७ जनाको एउटा ठूलो हल तयार हुदै थियो र त्यही हल सरसफाइ गर्दै तयार पार्दै थिए गाउँ पालिकाका कार्यकारी अधिकृत सम्झना अधिकारी र पत्रकार तथा समाज सेवि टेक शाही। त्यसै बेला डोल्पो बुद्धका १३ जना भने अर्को ठाउँमा राख्ने भनेर त्यहाँ बाट जाने भयो । जाँदा जाँदै उहाँहरु ले "तपाइलाई धेरै धेरै धन्यवाद, यदि तपाईं नभएको भए हामी नेपालगन्ज मै बन्द कोठा मा त्यो गर्मिमा कति दुख पाँउथ्यो । तपाइको विशेष पहलमा हामी स्कुल यहाँ सम्म पु ग्यौ तपाइलाइ धेरै धेरै धन्यवाद भनेर उनी हरुल बिद्द्यालय प्रंगणबाट हिडे।"
डोल्पो बुद्ध का १२ जना र ३ जना शे-फोक्सुन्डोको लागि भने केही पनि तयारी भइरहेको थिएन।
केही बेर पछि हाम्रो हल तयार भएको थियो र हामी आफ्नो झोला हरु लिएर माथी आयौ। एउटा ठुलो हल अनि त्यस माथी रातो रंगको प्लास्टिकको त्रिपाल र त्यस माथी लस्कर मिलाएर राखेको थियो क्रमस सात वटा ओछ्यानहरु। हलको ढोकाको छेउ मा दुई वटा बाल्टिहरु, त्यसैको छेउमा थियो केही थान प्लास्टिकका थालहरु र गिलासहरु अनि त्यस्को अगाडि लस्करै सात वटा दस्नाहरु र त्यस माथी एउटा सिरानी र एउटा कम्मल । झोलालाइ भुइमा राख्यौं अनि तल तिर झरें अन्य साथिहरुको बस्तु स्थिती बुझ्न। त्यस बेला सम्म लगभग केही साथी हरुको लागि ब्वस्थापन भएको थियो भने कसै भएको थिएन। शे-फोक्सुण्डोका तीन जनालाइ भने अझै ब्यवस्था भएको थिएन। मैले फेरि शे फोकसुण्डो गा.पा.का उपाध्यक्ष दावा गुरुङ संग ब्यवस्थापनको लागि कुरा गरे। उहाँले काराङका वडा अध्यक्षसंग कुरा गरे । उहाँ संग कुरा गरे पछि केही बेर मै ब्यवस्थापन भयो। यसरी जसो तसो गरेर सबैको ब्यवस्थापन लगभग भयो । हाम्रो कोठामा भने सबै भए पनि बत्तीको ब्यवस्था थिएन। रात करिब ८ बजि सकेकोले एक रात बत्ती नभए पनि बसि दिनु है भन्दै काइके गाउँपालिकाको निमित्त अधिकृतको आग्रहलाई सहर्स स्विकार्दै हामी बस्यौं ।केही बेर पछि हाम्रो खान पनि आयो र खाना खाएर हामी सुत्यौं ।
ReplyForward
|
Comments
Post a Comment