Skip to main content

Posts

Showing posts from 2021

महाकाली डायरि-२: सीमामा बस्ने सौका समुदायको यावत् समस्या

दिउँसोको करीब दुई बज्दै थियो । दार्चुलाको खलङ्गा बजारमा पारिलो घाम लागिरहेको थियो । खलङ्गा बजार घुम्दै जाँदा म तिंकर खेडा पुगें । तिंकर खेडा अर्थात् तिंकर क्षेत्रका व्यासी सौकाहरूको टोल । घुम्दै जाने क्रममा एउटा कपडा पसलको छेउ एकजना बूढा बा घाम तापिरहेका भेटिए । मैले उनीसँग गफिन चाहें र उनको छेउमा पुग्दै अभिवादन टक्राएँ । बूढा बा एकछिन अक्मकिए । मैले आफ्नो परिचय दिएपछि मात्रै उनी सहजरूपमा कुराकानी गर्न तयार भए । उमेर ९१ वर्ष । व्यास गाउँपालिकाको तिंकरका स्थायी बासिन्दा तर, विगत दुई दशक यता दार्चुला खंलगामा बसिरहेका शौभन सिंह तिंकरी । ‘बुढेसकाल लाग्यो, अब तिंकर जान नसक्ने भएँ, त्यसैले खलङ्गामै बसिरहेको छु’, उनले भने । एकजना पाका मान्छे भेटिएकोले म उनको जीवन भोगाइ र अनुभवहरु सुन्न आतुर थिएँ । शौभन सिंह तिंकरी (९१ वर्ष) मानवशास्त्री रोबर्ट देस्जारलेसको पहिलो चोटि ‘कुराग्राफी’ भनेर ह्योल्मो जातिको बारेमा  ‘सेन्सरी बायोग्राफिज: लाईफ एण्ड डेथ अमोङ नेपालस् ह्योल्मो बुद्धिस्ट ‘ भन्ने किताब सम्झिएँ । त्यहाँ दुईजना ह्योल्मोहरू म्हेमे लामा उर्फ घाङ लामा (८५ वर्ष) र किसाङ ओमु (८१ वर्ष) सँगको क...

महाकाली डायरि-१ 'बोजु बोक्नेहरुको कथा'

  पीडा आ-आफ्नै छन् । देश घुम्दै जाँदा देखिन्छ । ती पीडाहरूलाई मल्हमपट्टी लगाउन नसके पनि,  तिनका वेदनालाई कोट्याउने गर्छु । राज्यले सम्बोधन गर्न सकोस् या नसकोस्, तर भुईंमान्छेहरूको भोगाइ र कर्मको साक्षी हुन म लेख्ने गर्छु । म घुम्छु देशलाई हेर्न । म घुम्छु बेला बेला देशको चित्र हेर्न । अनि लेख्छु भुईंमान्छेहरूको कथा । यसै सन्दर्भमा आज म महाकाली पार गरेर धार्चुलामा बोजु बोक्नेहरूको कथा पस्कँदैछु । ‘बोजु बोक्ने’ अर्थात् भारी बोक्नेहरूको कथा । दार्चुला यानिकी नेपालको सबैभन्दा सुदूरपश्चिमको जिल्ला । भारत र चीनसँग सीमा जोडिएको एउटा दूरदराजको नेपालको एउटा जिल्ला । लिपुलेक, लिम्पियाधुरा र कालापानीको बहसले बेलाबेलामा राष्ट्रिय मिडियाहरूमा चर्चा आइरहने एउटा जिल्ला । त्रि-देशीय नाका भएको जिल्ला । उत्तरपट्टिको सिमाना चीनसँग जोडिएको र जुन अग्ला हिमालहरूले छुट्याएको र भारतसँगको सीमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानी उद्गमस्थल भएर आउने महाकाली नदीले छुट्याएको छ । माथि ब्यास उपत्यकामा महाकाली पारि र वारि सीता पुलबाट हुँदोरहेछ भने तल खलङ्गामा पारि र वारि आवतजावत महाकाली पुलबाट हुँदोरहेछ । म...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...

ज्ञान, सिप, र कर्म पढाउने शुभम फाउन्डेसन पुग्दा……

  पुर्वी नेपालको यात्राको क्रममा हामी चारजना दौंतरिहरु (प्रो . बालकृष्ण माबुहाङ , डा . उद्दव राइ , दिल बिक्रम आङदेम्बे र म) खाँदबारीबाट छुट्यौं । छुटिने क्रममा दिल बिक्रम जि खाँदबारीबाट धरान हुँदै पाँचथर लागे । प्रो . बाल कृष्ण माबुहङ खाँदबारीबाट बसन्तपुर लागे । म र डा . उद्दव राइ भने खाँदबारीबाट भोजपुर हुँदै खोटाङ दिक्तेल नजिक रहेको शुभम फाउन्डेसन भ्रमण गरेर काठमाडौं फर्किने योजना थियो ।   नेपालका एक चिरपरिचित कृषी वैज्ञानिक डा . मदन राइले स्थापना गरिएको शुभद्रा - मदन फाउन्डेसन ( शुभम)ले  नेपालमा स्थापित परम्परागत शैक्षिक प्रणालीको विकल्पको रुपमा सिप र ज्ञान संगसंगै भन्ने मुल नाराका स्थापित शुभम फाउन्डेसनको बारेमा युटुब तथा बिभिन्न संचार माध्यमबाट थाहा पाए देखी नै एक पल्ट त्यहाँ पुग्ने मेरो इच्छा थियो । त्यही इच्छालाई यस वर्ष आदर्णिय गुरु डा . उद्दव राइले पुर्‍याउन सहयोग गरे । हाम्रो योजना अनुरुप खाँदबारीबाट भोजपुर छिनामखु पुग्यौं । भोजपुर छिनामखु डा . उद्दव राइ सरको गाउँ । छिनामखुमा हामी उद्दब सरको काका र भातिजी घरमा दुइ दिन पाहुना भैयो । छिनाम्खु कोयु राइहरु...