Skip to main content

ज्ञान, सिप, र कर्म पढाउने शुभम फाउन्डेसन पुग्दा……

 

पुर्वी नेपालको यात्राको क्रममा हामी चारजना दौंतरिहरु (प्रो.बालकृष्ण माबुहाङ, डा. उद्दव राइ, दिल बिक्रम आङदेम्बे र म) खाँदबारीबाट छुट्यौं । छुटिने क्रममा दिल बिक्रम जि खाँदबारीबाट धरान हुँदै पाँचथर लागे । प्रो.बाल कृष्ण माबुहङ खाँदबारीबाट बसन्तपुर लागे । म र डा.उद्दव राइ भने खाँदबारीबाट भोजपुर हुँदै खोटाङ दिक्तेल नजिक रहेको शुभम फाउन्डेसन भ्रमण गरेर काठमाडौं फर्किने योजना थियो । 

नेपालका एक चिरपरिचित कृषी वैज्ञानिक डा.मदन राइले स्थापना गरिएको शुभद्रा-मदन फाउन्डेसन (शुभम)ले  नेपालमा स्थापित परम्परागत शैक्षिक प्रणालीको विकल्पको रुपमा सिप र ज्ञान संगसंगै भन्ने मुल नाराका स्थापित शुभम फाउन्डेसनको बारेमा युटुब तथा बिभिन्न संचार माध्यमबाट थाहा पाए देखी नै एक पल्ट त्यहाँ पुग्ने मेरो इच्छा थियो । त्यही इच्छालाई यस वर्ष आदर्णिय गुरु डा.उद्दव राइले पुर्‍याउन सहयोग गरे । हाम्रो योजना अनुरुप खाँदबारीबाट भोजपुर छिनामखु पुग्यौं । भोजपुर छिनामखु डा.उद्दव राइ सरको गाउँ । छिनामखुमा हामी उद्दब सरको काका र भातिजी घरमा दुइ दिन पाहुना भैयो । छिनाम्खु कोयु राइहरुको आदिभुमी रहेको कुरा त्यहाँको दुइ दिने बसाइबाट थाहा भयो । छिनामखु बसाइको क्रममा साकेला थान, त्यहाँका पुराना राइ घरहरु,गाउँको वरिपरी सामुहिक संरचनाहरुसंग परिचित गराउनु भयो । छिनाम्खुको बसाइ निकै नै रमाइलो भयो ।

छिनाम्खु देखी दिक्तेल(अक्टोबर २८), छिनामखु गाउँबाट खोटाङ (दिक्तेल) जाने गाडी भेटाउन, छिनामखु देखी करिब ढेड घन्टाको उकालो चडेर चौरेली (जिरो पोइन्ट) ठाउँ सम्म पुग्नु पर्ने थियो । हामी पुरानो मुल बाटो जहाँबाट पहिले पहिले पुर्वका राइ लिम्बुहरु ढाकर बोकी धरान धन्कुटा झर्थे त्यही मुलबाटो पछ्याउदै हिड्यौं। अहिले गाडी बाटो पुगेकोले ति पुरानो गोरेटो बाटोहरुमा झाडी लागेको थियो । बिशेष गरी बाटोबाटोमा बनाएका बिसौनि चौताराहरु बिसाउने मान्छे नपाएर टनक्क झाडीहरुले ढाकेको थियो । सायद अब ति ऐतिहासिक बाटोहरुमा ढाकर बोकेर कोही हिंड्ने छैन । त्यही बेला मलाई लाग्यो कि त्यस्ता पुराना ढाकारी हिडेका, सबै मुलबाटोहरुलाई एकिकृत रुपमा 'दि ग्रेट साल्ट ट्रेड ट्रेल' को रुपमा बिकास गरी पर्यटनसंग जोड्न सके ति ऐतिहासिक बाटोहरुको संरक्षण पनि हुने र आन्तरिक पर्यटन प्रबर्द्दन गर्न सकिएला जस्तो लाग्यो। पछिल्लो समय नेपालमा आन्तरिक पर्यटकहरु घुम्ने ट्रेन्डको विकास हुँदैछ र त्यस अनुरुप बिभिन्न ट्रेकिङ ट्रेल संगै सांस्कृतिक ट्रेलहरुको विकास गर्दै लग्न सके त्यसले झन थप सम्भावनाहरु थपिदै जानेछन । हिडदै जादा 'गोरेनागी' भन्ने ठाउँमा एकजना लुइटेल थरिका बाहुन दाइ बाटैमा भेटे । उनि घाँस काट्न जाँदै थिए । उनिसंग केहिबेर कुराकानी भयो । कुराकानीको सन्दर्भमा उनि एक जना गुरुङ थरका गोर्खा आर्मिको घर सम्मालेर बसेको सुनाए । उनिसंग गफगाफ पछी हामी अघी बढयौ र लाग्यो अक्सर बाहुनहरुले चलाएको यो मुलुकमा दुरदराजमा एउटा बाहुन एउटा गुरुङ मतवालीको घरमा बसेको कुराले नेपालमा जातियताको समस्या मात्र नभएर बर्गिय समस्याहरु पनि छन भन्ने आभास भयो । हुन त एक जना भेटेकै भरमा सामान्यकरण गर्न त नहुने हो तर पनि विविधताको देश नेपालमा यस्ता धेरै विविध पक्षहरु पनि छन । गफिदै हामी चौरेली पुग्यौं । हामी त्यहाँ पुग्दा बिहानको नौ बजेको थियो । भोजपुरबाट हिडेको गाडी नौ बजे पुग्ने भने पनि त्यहाँ पुगेर १० बजे तिर मात्र पुग्ने जानकारी पाए पछी हामी त्यहाँबाट माथी चखेवा भन्ज्याङ सम्म हिडेर जाने र त्यही खाना खाने र गाडीलाई पर्खिने निधोका साथ त्यहाँबाट हामी चार किलोमिटर बाटो छिचोलेर चखेवा भन्ज्याङ तिर लाग्यौं । रोडैरोड पछ्याउदै जाने क्रममा करिब १० बजे तिर चखेवा भन्ज्याङ  पुग्यौं । चखेवा भन्ज्याङमा चखेवा होटेल तथा लजमा खाना खादैं र बस पर्खियौं । त्यसै बेला 'सेन्मिखा' भाइ पनि थियो । सेन्मिखाको बारेमा बिद्द्या चापागाइको हेर्ने कथाको एउटा एपिसोडमा 'सेन्मिखाको कथा' बनाएको थियो । राइ भाषामा 'सेन्मी' भनेको सपना र 'खा' को अर्थ देखेको भन्ने हुदो रहेछ यनिकी 'सपना देखेको' अर्थ भन्ने लाग्दो रहेछ । 'सेन्मिखा' अलि लजालु स्वाभावका जस्तै देखिन्थे । सायद त्यहाँ आउनेहरुले फोटो खिचेर दिक्क बनाएर हुन कि या उनको बानी नै त्यस्तै भएर हो । उनि सकभर ग्रहाकहरुको अगाडी देखा पर्न चाहादैनथे । त्यसै बेला होटेलको बाहिर पट्टी घुम्न आएको केहि हुल युवायुवतीहरु नाच्न थाले, नाच्ने क्रममा उनिहरुले सेन्मिखालाई संगै नाच्न आग्रह गरे तर उनि नबोली भित्र गए । मैले भने एक सेल्फीको लागी आग्रह गरे उनले सहर्ष स्विकारे र एउटा सेल्फी लिएँ ।

करीब १०:३० तिर बस आयो । बस आउनु अगाडी नै हामिले खाना खाइसकेको थियो । गाडीवालालाई हामि माथी चखेवा डाँडामा गएर टेम्के देखी मैयुम सम्मको 'मुन्दुम  ट्रेल' पनि हेर्ने र हामि माथीबाट गाडी चड्ने जनकारी दिइ, गाडिमा झोला राखेर हामी चखेवा भन्ज्याङ डाँडा तिर लाग्यौं।  करीव १५ मिनेट पछी हामी चखेवा डाँडामा पुग्यौं । मौसम अलिअलि बादल लागेको थियो वारीपारी छर्लङ्गै नदेखिए पनि जती देखियो त्यो अति नै मनमोहक थियो । टेम्के डाँडा देखी मैयुम डाँडा सम्मको डांडैडाँडा भएर जाने 'मुन्दुम ट्रेल' को बारे उद्दब सरले जानकारी दिनुभयो । उहाँ उक्त ट्रेल हिडिसकेका रहेछन । चखेवा डाँडाले भोजपुर र खोटाङको सिमाना छुट्टाएकोले रहेछ जस अनुसार डाँडाको पुर्व तिर भोजपुर र डाँडाको पश्चिम तिर खोटाङ ।

चखेवा डाँडाबाट दृष्य अवलोकन पछी हामी डाँडाबाट तल रोडमा झर्यौं र केहि बेर पछी हाम्रो गाडी आइपुग्यो र हामी गाडीमा चड्यौं । गाडीमा पुरानो रिमिक्स गितहरु गन्कीरहेको थियो । गाडी लोकल भएको कारण मान्छे चडाउने र झार्ने शिलाशिला जारी थियो । रोड करिब ५-६ किलोमिटर कालोपत्रे गरेको रहेनछ । बाटो हिलाम्मे र एउटा मात्र लेन जस्तो भएकोले कुनै ठाउँमा उफार्ने र पछार्ने पनि गर्‍यो । करीब दुइ  बजे तिर एकहुल मानिसहरु चडे र केहि बेर पछी एक जना महिलाले बमिट गरिन । एउटा प्लाष्टिकको थैला वमिट गरी फाले र अर्को प्लाष्टिकको थैला  माग्दै गर्दा उनले थाम्नै नसकी वाकी हालिन र एक जनाको पुरै शरिर र अर्कोको झोला भरी ति महिलाले वमिट गरिन र केहि बेर खैलाबैला भयो । ति महिलालाई गाली गर्दै थिए । एक जना पुरुषले, "मेरो झोला भित्र लाखौको सामान छ, यसलाई धोएर जस्ताको त्यस्तै नबनाए म यो गाडीबाट निक्लनै नदिने' धम्की समेत दिए। केहि बेर पछी फेरी अर्को एक हुल मानिसहरु गाडी चड्न लागे र तीनिहरुसंग फर्सी हालेको बोरा थियो र खलासी र अन्य मानिस फर्सी गाडी चडाउनु हुन्न भने पछी फर्सी भएको बोरा त्यही छोडे र अन्य समान हालेर चडे । फर्सी गाडिमा किन हाल्नु हुँदैन भन्ने मेरो जिज्ञासामा, फर्सी गाडिमा हाले अशुभ हुन्छ भने एकातिर हामी कर्म र श्रम पढाउने बिद्यालय हेर्न जादै थियौ भने अर्को तिर गाडिमा कर्म र श्रमले उत्पादन गरेको फर्सी गाडीमा हाल्नु हुँदैन भन्ने कुराले हाम्रो देश बढी कर्म भन्दा नि भाग्यमा बढी बिश्वास गर्ने देश भन्ने प्रष्ट देखाउँछ । यि र यस्तै सोच्दै जादा गाडीबाट झर्ने बेला भएछ । खलासीले लौ आउनुस सरहरु भने । त्यस बेला दिउँसोको ४:३० बजेको थियो र हामी शुभम फाउडेसन अगाडी झर्यौं ।

शुभम फाउन्डेसन पुग्दा……

गाडिले हामिलाई शुभम अगाडी नै झारे । हामी झरेको ठिक अगाडी एउटा नयाँ बिल्डिङको थियो । त्यस भवनको बिचमा एउटा ब्यानर झुन्डाएको थियो । ब्यानरमा लेखेको थियो, 'कृषी पर्यटन प्रवर्द्धन कार्यक्रम   ब्यापार तथा सेवा घर' त्यस भवन दायाँ र बायाँ सुन्दर फुलको बगैचा थियो । दायाँ पट्टिको गेट नजिका शुभमको बोर्ड थियो ।

हामी बायाँ पट्टिको फुलको बगैचाको छेउको सिँडी हुँदै तल झर्दै थियौ र त्यत्तिकैमा एक जना बालिका आउँदै थियो र हामिले सुजना मेडम कता भनि सोध्यौ र केहि हुल केटाकेटीहरु तल ग्राउन्डमा खेलीरहेका थिए, ग्राउन्डको एक तिर रोटेपिङ पनि थियो भने एकातिर लस्करै तीनवटा सोलार कुकरहरु थियो र केहि बेरमा रोजिना थापा मेडम पनि आउनु भयो । हामिले एक अर्कालाई परिचय दियौं र उनले हामिलाई सिधै कोठा देखाउन लग्नु भयो । हामी उहाँलाई पछ्याउदै सिडी झरेर अगि बढयौं । हाम्रो कोठा मदन सर सुत्ने कोठासंगै जोडिएको थियो ।

रोजिना थापा मेडम हामिलाई कोठा देखाएर माथी अफिस तिर लागे । हामी पनि केहि बेरमा फ्रेस भएर माथी अफिस तिर लाग्यौं । माथी अफिस जाँदा बिचमा केहि कोठे घरहरु थियो र भित्ताहरुमा बिभिन्न अंग्रेजिमा लिखित बोर्डहरु थियो । ति बोर्डहरुको कुना पट्टी एउटा अलि ठुलो बोर्ड थियो त्यस्ले हाम्रो ध्यान खिच्यो र हामिले तस्बिर पनि लियौं, त्यस्मा लेखिएको थियो,

तीन शिक्षा

.संसारको लागी - वातावरण शिक्षा

(गुहु, मुत र पसिना)

.राष्ट्रको लागी अर्थतन्त्र शिक्षा

(कृषि, उद्द्योग, ब्यापार र सेवा)

.ब्यक्तिका लागी - योग्यता शिक्षा

(ज्ञान, बुद्दि, विवेक, सिप)

त्यस पछी हामी अझ माथी उक्लियौ, माथी चौरको बायाँ पट्टी दुइ वटा ढोकाहरु थियो । हामी एकछिन अकमक्क भएर यता उति हेर्यौं अनि ढोका खोलेर हेर्यौं । एउटा विद्यार्थी भाईबहिनीहरुको डाइनिङ हल रहेछ र अर्को पट्टी मेस भान्सा अनि त्यहाँ लस्करै ग्यास चुलो, फ्रीज, किचन दराज र बिचमा डाइनिङ टेबल थियो । दाया छेउमा एउटा टेबल माथी एउटा ल्यापटप थियो । सबै बिद्यार्थी भाइबहिनीहरु आफ्नो काममा ब्यस्त थिए । कोही झाडु लगाउँदै थियो । कोही चामल जोख्दै थियो कोही आलु जोख्दै थियो । मलाई त कुनै मौरीको घारको अवलोकन गरेको जस्तै महसुस भयो । जसरि एउटा मौरीको घारमा प्रत्यक मौरीको आआफ्नो जिम्मेवार सहित फुलको रस खोज्न निस्किन्छ त्यसरि शुभममा विद्यार्थीहरु आआफ्नो धुनमा काममा ब्यस्त थिए ।

हामी कुर्सीमा बसेर त्यहाँको कृयाकलाप निहालीरहेका थोयौ । त्यतीकैमा एक जना बहिनिले सोधी हाले हजुरहरु के पिउनु हुन्छ कफी कि चिया ? उद्दब सरले बल्याक कफी भन्नु भयो र मैले मिल्क कफी । त्यही बेला एक जना बहिनी आएर ल्यापटपमा केहि टाइप गर्न थालिन र पछी थाहा भयो कि पकाउने चामल दाल, तरकारीहरुको प्रतेयक दिनको रेकर्ड राख्नु पर्ने रहेछ ।


केहि बेर पछी आयो मिल्क र ब्ल्याक कफी साथमा भट्टमास र मकै भुटेको खाजा । लगत्तै पछी आयो भुइ स्याउ (ग्राउन्ड यप्पल) । पाहुनालाई लोकल खाजा खुवाउने सत्कारले मनै प्रफुलित बनायो । खाजा र चियापान पछी हामिलाई फार्म घुमाउन लगे । फार्म अवलोकन गराउने गाइडका रुपमा थिए सुमना सहानी । सिराह घर भएकी सुमना स्नातक तहमा अध्ययनरत रहेछिन । हामी सुमना बहिनिलाई लाई पछ्याउदै फार्म अवलोकन तिर लाग्यौं ।

सुमनाले शुरुमा हामिलाई चार वटा पोखरी भएको ठाउँ तिर लागिन । चार वटा पोखरी मध्य एउटा पोखरी विद्यार्थीहरु भाइबहिनीहरुको स्विमिङ पुल र बाँकी पोखरीहरु हास र माछा पालनको लागी रहेछ । एउटा पोखरिमा तीन वटा हास पौडिरहेको थियो । पोखरी छेउमा तीन वटा भेडाहरु चरिरहेको थियो । पोखरिको बाया पट्टी खरायोको खोर थियो । खरायोहरु खोर भित्र खेलीरहेको थियो ।

पोखरीको मुन तिर चौरमा चार वटा घोडाहरु चरिरहेको थियो । त्यहाँको दृश्य अवलोकन पश्चात उत्तर तर्फ वस्तु पालन ठाउँ तिर लगिन । त्यहाँ शुरुमा सुंगुर फार्म थियो । एक जना भाइ सुंगुरको खोर सोर्दै थिए । सुंगुर खोर माथी पट्टी भेडा बाख्राको खोर थियो ।त्यसको बाया पट्टी गाइको गोठ थियो एक जना भाइ र बहिनी गाइको गोभर सोर्दै थियो । गाइ गोठ संगै जोडिएको थियो भैसी गोठ । ति खोर र गोठको मुन तिर थियो मल बनाउने ठाउँ । जहाँ बस्तुभाउको मलमुद्र र मानिसको मलमुद्रलाई जैविक कम्पोस्टिङ विधिबाट मल बनाउने ठाउँ थियो । वस्तुभाउको मल थोपारेर डंगुर बनाएको थियो भने मानिसको दिसालाई भने प्लाष्टिकले छोपेर राखेको थियो । त्यसै छेउमा थियो पानी छान्ने एउटा सिमेन्टको खाडल । माथी बस्तु भाउहरुको पानी तथा नुहाइधुहाइबाट आउने पानी त्यहाँबाट अझै फिल्टर लागी तल जाने कुरा सुमनाले बताइन । त्यस पछी हामी तल तिर लाग्यौं ।

केहि बेर पछी एउटा पक्की घर थियो जुन केटाहरुको होस्टेल रहेछ । त्यो पहिला त्यस क्षेत्रको सरकारी स्कुल भवन हो रे, त्यहाँ अहिले शुभमको केटाहरुको लागी होस्टेल रहेको जानकारी सुमनाले दिइन । त्यो होस्टेलको संगै एउटा अर्को हल थियो त्यहाँ मार्शल आर्ट सिकाउछ रे । त्यस पछी हामी त्यहाँबाट १० मिनेट अझै तल झर्यौं । जहाँ थियो, तीन वटा टनेलहरुमा गोल्भेडा रोपेको थियो र लटरम्म फलेको थियो । त्यसको अझै तल जहाँ रंगीबिरङी फुलहरु सयपत्री, लट्टे, गोदाबारी र तोरीहरुले फुलेर त्यहाँको सुन्दरतालाई अदभुत बनाएको थियो ।

 त्यसको दायाँ पट्टी लहलहै झुलेको धानको खेत अनि ति खेत भित्र त्यो फाँटमा विद्यार्थी भाइबहिनीहरु कोही घास काटीरहेका थिए भने त्यसको माथी पट्टी केहि विद्यार्थी भाइबहिनीहरु  मुला रोप्न ब्याड तयार गरीरहेका थिए । तल तिर दुइ वटा भवनहरु थियो, त्यसको पछाडी  भेण्डी र डल्ले खुर्सानी लटरम्म फलेको थियो । त्यहाँबाट हामी माथी फर्कियौं ।

तल पट्टिको भ्रमण पश्चात हामिलाई प्रविधी बिभाग देखाउन लगिन, शुरुमा हामिले बिभिन्न खालका मिलहरु हेर्यौ । त्यस पछी तारजालिहरु बनाउने मेसिन हेर्यौ । त्यस पछी दिसा र पिसाब कलेक्सन क्षेत्रतिर जुन शौचालयसंग जोडिएको थियो । शौचालयबाट आएको पिसाब चाही बाल्टीमा सिधै जम्मा हुने खालको थियो । शौचालयमा पनि दिसा र पिसाबको छुट्टै कलेक्सन हुने गरी निर्माण गरिएको थियो । बिद्याअर्थीहरुको शौच र पिसाबबाट मल बन्ने र बोट विरुवामा हाल्ने गरेको बताइन ।

त्यस पछी सिलाई कटाइ बिभागमा गयौ । त्यहाँ लस्करै सिलाउने मेसिनहरु राखेको थियो । बाहिर चौरमा एका पट्टिको आस्फाल्टको पुरानो टिनका बट्टाहरु थिए, ति थोत्रो टिनहरुमा फुलको गमला र फोहोर संकलनको डस्ट्बिनको लागी प्रयोग गर्ने गरेको सुनाइन ।

तल तिरको सबै अवलोकन पश्चात त्यस पछी बाटो माथी तिर क्षेत्र अवलोकनमा लगिन । माथी तिरको नर्सरी क्षेत्र रहेछ । रोडलाई क्रस गरेर माथी लागेपछी शुरुमा एउटा बन्दै गरेको घर भेटिन्छ । त्यो गाउले नमुना घर बन्दै गरेको सुनाइन । हामी त्यहाँ पुग्दा एक हुल भाइबहिनीहरु हजारी बोटल, साबेल बेल्छा बोकेर काम सकेर तल झर्दै थिए ।


सुमना बहिनिले माथिको नर्सारीहरु सबै देखाइ सके पछी हामी कोठामा फर्कियौं । खाना पाके सके पछी कोठामा बोलाउन पठाउछु भने र हामी कोठा तिर गयौं । केहि बेर पछी खाना खान बोलावट भयो । हामी खाना खानका लागी माथी भन्सा भएको तिर लाग्यौं  । त्यहाँ बिद्यार्थी भाईबहिनीहरु कोहि  खाना खादैं थिए र कोही भाडा माझ्दै थिए । डाइनिङ हलको अगाडी पट्टी चारजना भाइबहिनीहरु भात, तरकारी र दाल बाँढीरहेको थियो र कोही भाइबहिनीहरु लाईनमा उभिरहेको थियो । उता टेलिभिजनको स्क्रीनमा बिद्यार्थी भाइबहिनिहरुले दिनभरी गरेको कामहरुको भिडियो देखाइरहेको थियो । 

खाना खाइ सके पछि, सुर्य राइ जि(शुभम फाउनडेसनको संस्थापक) आउनु भयो । उहाँले शुभम फाउनडेसनको भिजन, मिसनको बारेमा बिस्तृत रुपमा सुनाए, 'बिद्द्यार्थीलाई आधरभुत शिक्षा दिएर सिप सिकाउने होईन रहेछ्, सकिन्छ भने बच्चाबाट नै सिकाउने र सकिएन भने बाउआमाबाट छुटाउन सक्ने बेलाबाट ज्ञान र सिप सिकाउनु पर्ने रहेछ । यहाँ आवसिय रुपमा राखेर सिकाउनु पर्छ भन्ने साथ हामीले यो अभियान थालेका हौं । २०६५ सालबाट थालेको यो अभियान २०७० सालबाट पुर्ण रुपले हामिले अगाडी बढाउन सक्यौं । यस दौरानमा धेरै उतरचढावहरु आए । कतिपय जिल्ला शिक्षा अधिकारीहरुले बन्द गर्न खोजे कतिपय गैर सरकारी संस्थाहरु (एन्जियोहरु)ले बालश्रम भयो र उजुरबाजुर पनि गरे भने यस्का वावजुत पनि हामी हिम्मत नहारी अगि बढ्यौं । ज्ञान र सिप संगसंगै मात्र बुद्दी र विवेकको विकास हुन्छ । आगो कती तातो र हिउँ कती चिसो छोएर मात्र अनुभव गर्न सकिन्छ । त्यस्तै ज्ञान, बुद्दी र विवेकको लागी श्रम गर्नु पर्छ र कर्म गर्नु पर्छ भनेर हामी ज्ञान र सिप संगै कर्म पढाउन थाल्यौं। अहिले हामी पुर्ण रुपमा सन्टुष्टी छौं । मदन सर, हामी दुइ (म र मेरो मेडम) यहाँ नै लागी परेका छौं । परम्परागत शिक्षाबाट वितृष्णा भएर अब केहि परीवर्तन गर्नुपर्छ भनेर हामी लागेका हौं । यसले सबै समाधान दिन्छ दिदैन थाहा छैन तर अहिलेको यो  चरणसम्म आइ पुग्दा हामी सन्टुष्ट छौं' भने । 

करिब आधा घन्टा जती सुर्य जि संगको गफगाफ पछी हामी सुत्न कोठा तिर लाग्यौं । सुर्य जिले भोली बिहान ५ बजे हामिलाई दिक्तेलबाट जिप लिन आउने जनकारी दिए । सुत्ने बेलामा केहि बेर शुभमको समिक्षा भयो । समिक्षाको क्रममा उद्दब सरले आफ्नो राय सुनाए, 'मदन दाईले गर्न खोजेको र गरेको एकदम सराहनिय छ तर पनि अब यहाँ बिद्द्यार्थीहरुको संज्ञानात्मक (Cognitive resonance) परिक्षण बिना ठ्याक्कै यस्को प्रभाव के कस्तो हो भन्न नसकिएला र अर्को कुरा ब्यवहारिक ज्ञान र सिप संगै शैक्षिक गुणस्तरियता मापन गर्ने अन्तराष्टृय मापदण्डको चारवटा खम्बाहरु पढ्ने (Reading), लेख्ने(Writing), सुन्ने (Listening) र बोल्ने (Speaking) को मापन पनि गर्नुपर्ला । तर समग्रमा मदन दाइले गरेको यो शैक्षिक अभियान र नयाँ प्रयोगलाई सलुट गर्नुपर्छ।' उहाँले अझ थप्दै भने, यहाँको बसाइ एक दिन मात्र नहुने रहेछ्, कम्तीमा एक हप्ता जती चाहिने रहेछ । उहाँ कुरामा सहमत हुँदै, मलाई चाही मदन दाइले गरीरहेको यो शैक्षिक अभियानलाई नेपाल सरकारले हातमा हात मिलाउदै नेपालका ग्रामिण भेगहरुमा पनि यस्तै प्रकारको शैक्षिक प्रणाली दिलाउन सके पढेकाले काम गर्नु हुन्न, हलो जोत्नु हुन्न, कोदालो समाउनु हुन्न भन्ने खालको मानसिकता हटाउन र सिप सिकेर काम गर्ने पद्दतिको बिकास हुन्छ जस्तो लाग्यो।  अहिलेको परम्परागत गोकन्ते शैक्षिक प्रणालीले मानिसलाई भ्रष्ट, काम चोर, सरकारी काम कहिले जाला घाम भन्ने प्रबृतिमा गिजोलिएको छ । अहिलेको शैक्षिक पद्दतिले मानिसलाई अल्छि, झोले बनाउन भूमिका खेलेको होकी जस्तो लाग्छ ।  गोक्ने र रट्ने शैशिक प्रणालीले मान्छेको रचनात्मक क्षमतामा तगारो लगाएको छ । सानैबाट ज्ञान र सिपको क्षमता अभिबृद्दी गर्न सके स्वभालम्बी र कर्मयोगी, असल र सक्षम आफैले गरी खाने नागरिक उत्पादन गर्न मद्दत पुग्छ जस्तो लाग्छ । शुभद्रा मदन फाउन्डेसनमा कर्म पढाउँदो रहेछ । त्यहाँ बिद्द्यार्थीहरु आफ्नो खाने खाद्यान्न आफै उत्पादन गर्दो रहेछ । सिप र ज्ञान संगै स्वभालम्बी र स्वामिमानी बन्न कर्म र श्रम सिकाउँदो रहेछ । यि र यस्तै कुरा गर्दै हामी सुत्यौं ।

 

 

Comments

Popular posts from this blog

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...

बस्तु विनिमय प्रथा: याङ्माली भोटे र तम्मोरखोले लिम्बुको आलु र कोदो साटासाट

" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल   र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर   याङ्मा खोला कन्चन   बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु   तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए ।   ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे   भोटेका केटाकेटीहरु " रोङ्बा   लेप्सो , रोङ्बा   लेप्सो "   (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए ।   बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे ।   लिम्बुहरुलाई तानेर   आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै   मानव समुह   बिच विना मुद्राको प...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...