मानव सभ्यताको उदयसंगै वस्तु विनिमय मानव जिवन पद्दतिको एउटा अभिन्न अंग थियो । ढेङ्गेयुगको बेला देखि नै जब मानवहरु झुन्ड झुन्डहरुमा बस्ने , घुमन्ते र फिरन्ते जीवन ब्यतित गर्दा देखिबाट एकअर्का बिच मासुसंग हातहतियारहरुको साटासाटबाट प्रारम्भ भएको वस्तु विनिमय , पछि कृषि युग हुँदै मुद्राको प्रचलन नहुँदा सम्म विश्वका प्राय मुलुकहरु मा चलिरह्यो । जसरि अहिले विश्व ब्यापीकरणसंगै एक देशमा उत्पादित वस्तुहरु बडेमान पानिजहाज तथा हवाइमार्ग र रेल मार्ग द्धारा सात समुद्र पारि लगिन्छ । त्यसरि उ बेला पनि औधोगिकरण हुनु अघि पनि महिनौ दिनको लामो यात्रा गरेर वस्तुभाउहरुको लावालस्कर ( क्याराभान ट्रेड ) गरेर एक ठाउँको उत्पादित वस्तु अर्को ठाउँको वस्तुसंग विनिमय हुन्थियो । इतिहासको एक कालखण्डमा कर्णाली संबृद्ध थियो । खस साम्राज्यको भैवब काठमाडौं ( नेपाल ) उपत्यका सम्म थियो । खस साम्राज्यको उदगम भूमि होस या नेपाली भाषाको उदगमभूमि , कर्णालीको एउटा आफ्नै बिरा...