सङ्घियताको कार्यन्वयनहरु अझै पनि
जुन रुपमा हुनु पर्ने हो भइरको छैन ।बिशेष गरी कर्णाली पर्देशको कुरा गर्दा कर्मचारी अभावले
जुन रुपमा हुनु पर्ने हो भइरको छैन ।बिशेष गरी कर्णाली पर्देशको कुरा गर्दा कर्मचारी अभावले
गर्दा पुँजिगत खर्चको हिसाबले सबै भन्दा पछाडी परेको देखिन्छ ।
कर्णाली प्रदेश हिजोको कर्णाली अन्चलको ५ वटा जिल्लाहरु डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, मुगू र थप ५ वटा जिल्लाहरु पश्चिम रुकुम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला मिलाएर कर्णाली प्रदेश बनेको छ ।
संविधानमा उल्लेख भए बमोजिम प्रदेशसभाको बहुमतबाट प्रदेश नं. ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत सबै भन्दा पहिला पारित गराइ एक ऐतिहासिक अध्याय पुरा गरे पनि ऐन, कानुन, निती र कार्यन्वयनका चुनौतीहरुले गर्दा कर्णालिले उचित लक्ष्य हासिल गर्न नसकेको सर्वविविधै छ । धेरै सम्भावना बोकेको कर्णालीको उन्नतिका आधारहरु कृषी, जलस्रोत, जडिबुटी र पर्यटन नै हुन यसमा दुइ मत नहोला । कृषीमा परमपरागत शैली र अधीकाङ्श जनता अझै पनि आकशे पानीको भर पर्नु पर्ने अवस्थाले गर्दा कृषीमा फड्को मार्न अझै केहि बर्षहरु कुर्नु पर्ने देखिन्छ । हरेक स्थानिय तहका वडाहरुमा सिन्चाइको सुबिधा र कृषिमा आधुनिकीकरण गर्ने कार्य रातारात सम्भव छैन । जलस्रोत पनि बिद्द्युत उत्पादनको लागी ठुलो लगानीको आवश्यकता भएकोले यस्मा पनि तत्कालाई फड्को मार्न अलि कठिन अवस्था छ । तर जडीबुटी र पर्यटनबाट भने हामिले केहि सानो प्रायासहरु गर्न सकेको खण्डमा तत्काल नै क्याश गर्न सक्ने अवसर हाम्रो सामु छ । त्यसले हाम्रो दिर्घकालिन उन्नतिका आयमहरु कृषि, र जलस्रोत भए पनि अहिले तत्कालको आयमहरु जडीबुटी र पर्यटन नै हो ।
कर्णालीलाई जडिबुटीको खानी मानिन्छ । जडिबुटीहरुको कुरा कुरा गर्दा बिश्वकै दुर्लभ र बहुमुल्य जडिबुटी यार्सागुम्बा, पाँचऔंले, जटामासी, कुड्की लगायत अनेकौ अपरिचित यस क्षेत्रमा प्रशस्त पाईन्छ। कर्णालीबाट बर्षेनी धेरै मात्रामा थुप्रै जडिबुटीहरु तिब्बत एवं भारतमा निकासा गरिरहेको अवस्था छ । अधिकान्श जडीबुटीको निकाशा चोरि निकाशीबाट हुने गरेको छ । राज्यले पनि उचित निती र नियम बनाइ निर्यातलाई सजिलो र सर्बसुलभ बनाउन सके कर्णाली प्रदेशको आयस्रोतमा पनि टेवा पुग्ने देखिन्छ । अर्को महत्वपुर्ण चुनौती भनेको जडिबुटिहरुको अन्धधुन्ध संकलनले गर्दा हुने वातावरिणिय जोखिमहरुलाई न्युनीकरणको कुरालाई हामिले ध्यान दिन सकिरहेका छैनौ । बिशेष गरी यार्चागुम्बु, कटुकि, बुल्ते अनि सेतो चिनी (खिरौलो) आदी जडिबुटिहरु संकलनको दौरानमा जरा देखी नै संकलन गर्ने हुँदा यस्को लागी दिगो संकलनको मापदण्ड र दिगो संकलन निर्देशिकाहरु तयार पारेर स्थानिय सरकारसंग समन्वय गरी दिगो संकलनलाई ध्यान दिन अत्यन्त जरुरी देखिन्छ । समृद्ध कर्णाली बनाउनको लागी अर्को महत्वपुर्ण पाटो पर्यटन हो । हाम्रो कर्णालीमा भएको प्राकृतिक, साँस्कृतिक, धार्मिक, तथा सामाजिक महत्व बोकेका यिनै बिबिधताहरु नै कर्णाली पर्यटन बिकासको मुख्य आधारहरु हुन ।
त्यस्को लागी हामिले कर्णाली प्रदेश भित्रका जिल्लाहरुमा रहेको धार्मिक, साँस्कृतिक, सामाजिक र प्राकृतिक सम्पदाहरुको पहिचान गरौ । यिनै सम्पदाहरुको पनि गन्तब्य पहिचान गरौ र क्षेत्रगत हिसाबले ति गन्तब्यहरुको डाटाबेस बनाऔ । उदाहरणको लागी उत्तरी क्षेत्र हुम्लाको हिल्सा देखी डोल्पा र मुस्ताङको नाका सम्म कैयौ हिमालहरु भर्जिन छन । ति ठाउ हरुलाई हिमाल आरोहणको हब रुपमा प्रचारप्रसार गरौ । हिन्दू धर्मालम्बीहरुको लागी कैलाश मानसरोवर र रारा ताल जोड्दै डोल्पाको त्रीपुरा सुन्दरी सम्म हिन्दू हेरिटेज ट्रेलको बिकास गरौ । हुम्लाको सिमिकोटबाट मुस्ताङ जोम्सोम सम्मको अहिलेको हाइरुट ग्रेट हिमालयन ट्रेलको पदमार्गहरु मर्मतसम्मार गरौ र यसलाई ग्रेट कर्णाली ट्रेलको रुपमा ब्रान्डिङ गरौ । सल्यान देखी जाजरकोट रुकुम हुँदै जुम्ला रारा सिमिकोट हिल्सा र सुर्खेत सम्मको बेल्ट छुने गरी "लोवोर कर्णाली ट्रेल (हरित कर्णाली पदमार्ग)" को अन्बेषणको लागी निजी क्षेत्र सङ्ग सहकार्य गर्दै साहासिक पदयात्रालाई बढुवा दिऔ ।
कर्णालीको अर्को सम्भावना भनेको जल पर्यटन पनि हो । हामी सङ्ग उत्तरी हिमालबाट कलकल बग्दै आउने कर्णाली र भेरीनदीहरु छन । यि नदीहरुमा र्याफ्टिङ र क्याकिङको प्रबल सम्भावनाहरु छन । यि नदीहरुमा जलपर्यटन बिकासको लागी प्रदेश सरकारले सम्बधित ब्यवसायिहरुलाई प्रोत्सहान गर्दै मार्ग प्रशस्त गरौ । कर्णाली प्रदेशको पर्यटनको अर्को महत्वपुर्ण भनेको इको टुरिज्म र सास्कृतिक पर्यटन हो । हाम्रो कर्णाली पर्देशको उत्तरी क्षेत्रहरु हिउ चितुवा, कियाङ, जङगली चौरी गाइ तथा कयौ बन्यजन्तुहरुको बास स्थान हो । साथै मध्य पहाड र हिमाली भुभाग समेटेको कर्णाली प्रदेशमा जैबिक बिबिधताको सङघम भएकोले पर्यापर्यटनको पनि प्रचुर सम्भावना छ । कर्णाली प्रदेशमा रहेको साँस्कृतिक विविधता साँस्कृतिक पर्यटनको अर्को हतियार हो । गाँउ नै गाँउले बनेको, हिन्दू, बौद्ध, बोन, धामीझाँक्री धर्ममा खस सस्कृति, र हिमाली क्षेत्रको भोटिया सस्कृतीहरुको बगैंचा कर्णाली प्रदेशमा साँस्कृतिक पर्यटन अर्को आशा लाग्दो क्षेत्र हो ।
प्रकृतीले हामीलाई अथाहा सम्पदाहरु सुम्पेको छ । पर्यटनको कुरा गर्दा हामिले जहिले पनि आन्तरिक र बाह्राय पर्यटनको गन्तब्य निर्धारण गर्न एकदम जरुरी छ ।आन्तरिक पर्यटनको लागी हाम्रो दशै वटा जिल्लाका मठमन्दिर, देवल अनि ताल आदी हाम्रो मुख्य गन्तब्य बन्न सक्ला भने बाह्र पर्यटनको लागी बिशेष गरी सहासिक पदयात्रा, हिमाल आरोहण र मानसरोवर यात्रा नै हो । यि कुराहरुलाई मध्य नजर राख्दै यही अनुसारको पुर्वधारहरु बिकास गर्नु प्रदेश सरकारको पहिलो दायित्व होला । यिनै अथाहा सम्पदाहरुलाई अब कर्णाली प्रदेश सरकारले समय सापेक्ष र भुगोललाई सुहाउदो निती र नियमहरु बनाइ, कार्यन्वयन गरेर हामीले पर्यटन र जडिबुटीबाट तत्काल फाइदा लिदै दिर्घकालिन रुपमा कृषीमा आत्म निर्भर बनाउनु पर्छ । कर्णालीमा रहेको नदिहरुको सही उपयोग गर्दै जलस्रोतबाट बिद्द्युत उत्पादन गरी राष्ट्रीय र अन्तराष्ट्रीय जगतमा हामीले बिक्री बितरण गर्न सक्ने गरी निती निर्माण गर्नु पर्दछ ।
त्यसैले अन्त्यमा जादाजादै हामीले सोचेको समृद्ध कर्णालीको सपना हाम्रो जडिबुटि, पर्यटन, कृषि, र जलस्रोत, हुन भन्नेमा दुइ मत छैन । त्यस्को लागी समय सापेक्ष निती निर्माण गर्नु आजको गम्भिर आवश्यकता हो । खाली बोलेर मात्र होईन काम गरेर देखाउने बानीको पनि बिकास गरौ । जय कर्णाली जय प्रदेश
Comments
Post a Comment