Skip to main content

हिमालमा सुनपानी छर्किँदा...

 

सेताम्मे रिमेलुङ्तो हिमालको फेदबाट बग्ने निर्मल र कन्चन रिन्मे खोला। त्यसको वारिपट्टी ३५–४० वटा घर भएको बस्ती रिगयुल गाउँ बाहिरी दुनियाँबाट धेरै टाढा छ। गाउँको पूर्वपट्टीको दायाँ लाइनमा, रंगीबिरंगी लुँदार फरफराइरहेको पेम्बाको घर छ।

पेम्बाको आगँनमा गाउँलेहरू सबै जम्मा हुँदैछन्। कोही आइसकेको छन् भने कोही आउँदै थिए। केही बेरपछि गाउँको मुखिया पनि आइपुग्छन्। पेम्बा र डोल्मा शिर झुकाउँदै अभिवादन गर्छन्। डोल्मा हतारहतार आगँनमा फेरुवा र त्यसमाथि गलैंचा ओछ्याउँछिन् र पेम्बा मुखियालाई बस्नको निम्ति आग्रह गर्छ।

मुखिया गलैंचामाथि बस्छन् र सोध्छन्-  त्यो मिङमार र टासी अझैसम्म आएनन्?

पेम्बा : छैन हजुर आउँदै होला।

पेम्बा : ल सबै जना बसौं बसौं।

सबै जना लाइनवद्ध भएर बस्छन्।

सबै भन्दामाथि मुखिया अनि त्यसको तल एकजना लामा र अन्य गाउँलेहरू लस्करै बस्छन्।

त्यतिकैमा डोल्मा, लामु, छिरिङ एउटा ठेकीमा छ्याङ र कित्लीमा चिया लिएर आउँछन्।

सबैलाइ लस्करै रुपमा सेरामिकको कपमा चिया र छ्याङ दिन्छिन्।

केही बेरपछि टासी र मिङ्मार पनि आउँछन्।

मुखिया : तिमिहरु आज अलि ढिलो गर्‍यो त? 

टासी : त्यही त हेर्नु न मुखिया बा म त आउँदा आउँदै ढिलो भयो। बिहान माथि घोडा पुर्‍याउन गएको थिएँ।

मिङमार : तासी देलेक! मुखिया ला, म पनि त्यो रिकीको आमा गोबर टिप्न गएको थियो र याङ्जुम अलि ढिलो गरी आज, त्यसैले ढिलो भयो।

मुखिया : ल ठिकै छ तिमीहरू आयौ ल भैगो। अनि आज हामी यहाँ पेम्बाको भाइ तुन्दुपले गरेको कुकामको लागि भेला भएको हो। दुई दिनअघि तुन्दुप पनि आयो क्यारे, त्यसैको लागि पेम्बाले सुनको पानी र सुनको आगोले चोखाउने भनेर आज हामी जम्मा भएको हो।

एक लाइनमा मुखिया, लामा, र अन्य केही मानिसहरू बसिरहेको थिए। ठिक त्यसको दायाँपट्टी पेम्बाको परिवार सबै भन्दामाथि रिन्जेन पेम्बाको बुवा, पेम्बा, तुन्दुप, अनि डोल्मा, पेम्बाको छोरा निमा, पेम्बाको छोरी लाक्पाडोमा, छिरिङ लस्करै बसेका थिए। त्यस्तै, बायाँपट्टी पनि केही गाउँलेरू लस्करै बसेका थिए।

केही महिलाहरू दायाँ-बायाँ बसेका थिए र खासखुस कुरा गरिरहेका थिए।

होइन यो पेमालाई पनि के भाको होला है। आफ्नो जात नमिल्नेसँग नि के सम्बन्ध राखेको होला! किन यस्तो गरे होलान्। उको आफ्नो मामाको छोरा तार्केसँग के कमी थियो र? त्यो तुन्दुपभन्दा त कति राम्रो छ नि।

तार्के कति मिहेनती, सिपालु सिप भएको इमान्दार अनि स्वावलम्बी छोडेर त्यो हाउडेको तुन्दुप पछि लागी! जहिले नि जाँड रक्सी मात्र खाने, गाउँमा हो-होल्ला गर्ने। बारालिएर हिँड्ने त्यस्तासँग कसरी के गरेका होलान्। हो मा हो मिलाइरहेका थिए महिलाहरू।

त्यतिकैमा।

मुखिया : ल अब सबै यतातिर ध्यान दिउँ। अब हेर यो पेम्बाको भाइ तुन्दुपले त्यो पेमालाई भुँडी बोकाएको छ। यसले हामी सबैको नाक काट्यो। झन् अब पेम्बाको त के भन्नु इज्जतमै दाग लाग्यो। अब जे-जस्तो भए पनि सुनपानी र सुनको आगो लगाए त चोखो भइहाल्छ। हामी आज यसैको लागि जम्मा भएका हौं।

ल टासी र मिङ्मार त्यहाँ त्यो ताउलोमा सुनपानी होला लिएर आउ।

टासी र मिङ्मार, हत्तारहतार घरभित्र गएर ताउलो लिएर आउँछन् र पेम्बाको अगाडि राख्छन्।

ल हात थाप पेम्बा भन्दै, टासीले ताउलोमा काँसको डाडुले सुनपानी पेम्बाको हातमा हाल्छन्।

पेम्बा आफ्नो हात थाप्छन्।

क्रमश: सुनपानी पेम्बाको सबै परिवार, आफन्तजनहरूलाई दिन्छन्। सबै हात थाप्दै पिउँदै गर्छन्।

मुखिया : ल अब सबैले सुन, यस्ता गल्तीहरू फेरि-फेरि न दोहोरियोस्, आ-आफ्नो विवाह आफ्नो जात चल्नेबीच मात्र होस्।

फेरि पनि यस्तै भयो भने सुनपानी पाउनेवाला छैन।

ल धावा, पेमा, लामु तिमीहरू सबै राम्रोसँग मेरो कुरा मान्नु। धावा, पेमा, लामु टाउको हल्लाउँछन्।

मुखिया : ल अब सुनपानीको काम भयो अब सुनको आगो ल्याउ टासी र मिङ्मार।

यतिकैमा टासी र मिङ्मार फेरि घरभित्र गएर सुनको सानो टुक्रा ल्याएर पेम्बाको छेउमा आउँछन् र आगोले सुनलाई तताएर पेम्बाको परिवार र आफन्तको जिब्रोमा छोएर चोख्याउँछन्।

मुखिया : ल अब पेम्बा तिमीहरूको परिवार र आफन्तहरू सबैबाट चोखियो, शुद्ध भयो। पवित्र भयो।

त्यहीबेला केही जवानहरू आउँछन्। सोध्छन्- आज यहाँ के-को भेला रैछ?

त्यति कै मा योदेनले भने, त्यो तुन्डुपले आफ्नो जात नमिल्ने त्यो तोर्चेको बहिनी पेमासँग अबैध सम्बन्ध राखेर गर्भवती भएछ। यो कुराले तुन्डुपको परिवार रुष्ट थियो। तुन्डुपलाई उनको परिवारले गाली गरे। परिवारले तनाव दिएपछि, उता रिगथाङ भन्ने गाउँतिर गएर दुई वर्ष जति उतै बसे र उनी अस्तिमात्र गाउँ फर्केछन्। गाउँ फर्केपछि तुन्दुपको दाइ भाउजु र बुवाहरूले सुनपानीले चोख्याउने भनेर गाउँको मुखियासामु प्रस्ताव राखेकोले आज यस्तो सुन पानी छर्नको भेला भएको हो।

फूर्वा : होइन यति सारो हुन्छ हाम्रो गाउँमा? यो त भएन, अहिलेको जमाना पनि यस्तो।

योदेन : के गर्ने फूर्वा यस्तै हो नि गाउँ ठाउँको चलन। तिमी सानैदेखि काठमाडौंतिर बसेकोले होला, अनौठो लागेको तर यहाँ त यो सामान्य नै हो।

त्यतिकैमा मुखियालाई भन्छन्।

फूर्वा : के हो मुखिया बा। देशमा गणतन्त्र आएको छ। परिवर्तन भएको छ। छुवाछुत र सामाजिक भेदभावविरूद्धको कानुन पनि छ। तपाईं भने अझै यस्तो गर्न अभिप्रेरित गर्ने? यो त भएन नि?

मुखिया : हेर फूर्वा प्रजातन्त्र, गणतन्त्र जुनसुकै तन्त्र आए पनि आफ्नो चालचलन रीतिथिती त भुल्नु भएन नि।

तिमीहरू दुइ चार अक्षर पढेको, सहर बजार बसेको भनेर धेरै फुरफुर नगर। गाउँ समाज यसरी नै चल्छ। जसलाई जे मन लाग्यो त्यही गर्न मिल्छ? जसलाई जे मन लाग्यो त्यही गर्न कहाँ पाउँछ? सामाजिक मूल्य मान्यताको ख्याल पनि राख्नु पर्‍यो नि।

पेम्बा : हो हो मुखिया बा। हेर फूर्वा भाइ यो हाम्रो आन्तरिक मामिलाको कुरो हो। तिम्रो नजरमा सबै मानिस एकै भए तिमी आफैं पनि गर। यहाँ हाम्रो मामिलामा तिमी किन बाठो भएको हो? यो हाम्रो खान्दान र इज्जतको कुरा हो।

फूर्वा : होइन पेम्बा दाइ पहिला र अहिलेको समय फरक छ। अब हामीले हाम्रा नराम्रा कुराहरूलाई त्याग्दै नयाँ समय सान्दार्भिक कुराहरूको अनुशरण गर्नुपर्छ। छुवाछुत, ठूलो-सानो, बोक्सीसोक्सीका कुराहरू हिजोको समयमा ठिक थियो होला तर अहिले समय फेरिएको छ।

पेम्बा : भो फूर्वा भाइ तिम्रो कुरा तिमी आफैंसँग राख हामीलाई हाम्रो काम गर्न देऊ।

मुखिया : अहँ फूर्वा त्यो तिमीले भनेका कुराहरू तिम्रो आफ्नो पालामा गर। तर म अहिले जिउँदो भइन्जेल यो गाउँमा हाम्रो आफ्नो चलन र रीतिरिवालाई बचाउनु म मुखिया भएकोले मेरो कर्तव्य हो।

यतिकैमा फूर्वा र उनीसँग आएका साथीहरू जान्छन्।

मुखिया : ल अब सबैले ध्यान दिएर सुन, आ-आफ्नो जात भात मिल्नेहरूसँग मात्र बिहे गर्ने। आफ्नो बालबच्चालाई दायाँ-बायाँ गर्न नदिने।

ल पेम्बा अब तिम्रो परिवार र खान्दान आजदेखि चोखो भयो। ल अब आजको मिटिङ पनि यही सिद्धियो।

सबै आ-आफ्नो घरतिर लाग्छन्।

पेम्बा : मुखिया ला, खाजा खाएर जानुस् भित्र आउनुस्।

मुखिया : होइन पेम्बा म अहिले जन्छु। मेरो अर्को एउटा काम पनि छ भन्दै मुखिया लगायत सबै आ-आफ्नो घरतिर लाग्छन्।

मुखिया र पेम्बाको कुराले फूर्वा मनमा अनेकन प्रश्नहरू उठ्छन्।

फूर्वाको मनभित्र द्वन्द्व चल्छ।

एक मनले भन्छ, ह्या यो नचाहिने कुराको के टेन्सन लिएको होला मैले? गाउँ-ठाउँ चालचलन नै यस्तै छ त म के गरुँ? अर्को मनले भन्छ-  होइन यसलाई परिवर्तन गर्नैपर्छ, यो जमानामा आएर पनि, मान्छे र मान्छेबीच यस्तो विभेद ठूलो र सानो यो त अति भयो।

यी कुराहरूले फूर्वालाई निकै सताउँछ। उसलाई रातभर निद्रा लाग्दैन।

फूर्वा यता कोल्टे फेर्छ र उता कोल्टे फेर्छ।

त्यही दौरानमा उनले काठमाडौं बस्दा पढेको डा. अम्बेडकरको किताब ‘अन हिलाएसन अफ कास्ट’ याद आउँछ। त्यस पुस्तकमा लेखिएका बुदाँहरूलाई सम्झिन्छ। त्यहाँ लेखिएको कुरा जात र वर्ण व्यवस्थाको मूल जड हिन्दू धर्म भनेर भनेका शब्दहरू सम्झिन्छ।

वर्णाश्रमको मुल कारक तत्व हिन्दू धर्म भएको भन्ने कुरा त्यस पुस्तकमा लेखिएको कुराहरुलाई स्मरण गर्छ र प्रश्न गर्छ- यहाँ हिमाली जिल्लाको एउटा विकट गाउँमा जहाँ हिन्दू धर्मको प्रभाव नै छैन तर पनि यहाँ वर्ण व्यवस्था र जातीय विभेदको सुरुवात कसरी भयो होला? किन भयो होला? कहिलेदेखि भयो होला? आदि इत्यादि कुराहरूले अन्तर मनभित्र द्वन्द्व चलिरहन्छ। फूर्वा निदाउँछ।


Comments

Popular posts from this blog

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...

बस्तु विनिमय प्रथा: याङ्माली भोटे र तम्मोरखोले लिम्बुको आलु र कोदो साटासाट

" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल   र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर   याङ्मा खोला कन्चन   बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु   तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए ।   ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे   भोटेका केटाकेटीहरु " रोङ्बा   लेप्सो , रोङ्बा   लेप्सो "   (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए ।   बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे ।   लिम्बुहरुलाई तानेर   आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै   मानव समुह   बिच विना मुद्राको प...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...