Skip to main content

Posts

Showing posts from July, 2020

चन्द्रगिरी देखि हातीबन जंगल सम्मको हाइकिङ डायरि

काठमान्डौं उपत्यका जती उकुस र मुकुस छ , तर यहाँ वर पर रहेका डाँडा काँडाहरु भने अति सुन्दर र मनोरम   छ । हप्ताको शनिबारे दिन मनाउन यस उपत्य का व रि परी घुम्न एक से एक ठाउँहरु रहेको छन् । यो भन्दा पहिले मैले लप्सिफेदी देखी नगरकोट सम्मको हाइकिङ यात्राको बारेमा लेखेको थिए । आज एउटा फेरी अर्को हाइकिङ डायरि लिएर आएको छु । यस पल्टको हाइकिङ यात्रामा मलाई साथ दिने हरुमा थिए मेरा हितैसी मित्रहरु जितेन्द्र झाँक्री, पेम्बा लामा, ज्ञाल्जेन लामा, अमृत आले र छेवाङ लामा  । हाम्रो पुर्व योजना अनुरुप चन्द्रा गिरी देखी हातिबन हिमालयन हाइट रिसोर्ट सम्मको हाइकिङ तय थियो । जस अनुसार मगंलबार बिहान ८ : १५ बजे बिहानको नास्ता पछी म सानो भर् ‍ याङको साझा पेट्रोल पम्प अगाडी बसे र हाम्रो गाडी आइ पुग्यो । अनि हाम्रो जिप हुइकियो स्वयम्भु , कलंकी हुँदै चन्द्रगिरी हिल्स केवल कार स्टेसन । त्यहाँ पुग्दा कारीब ९ बजेको थियो । कोभिड – १९ को महामारीले गर्दा केवल कार पुर्ण रुपले सुचारु थिएन ।...

लप्सी फेदी देखी नगरकोट सम्मको हाइकिङ यात्रा

शनीबारको दिन थियो, काठमान्डौ बादलले लटरम्म डाकेको थियो ।  बिहानको खाजा नास्ता पछी करिब सात बजे तिर म सानो भर्याङबाट बाइकमा बौद्ध गेट पुगे, त्यहाँ केहि साथीहरु कुरिरहेको थियो । हाम्रो पुर्व योजना अनुरुप ८ बजे बौद्ध गेटमा जम्मा भएर जाने थियो । घडिले करिब  ७ः५० बजाएको थियो सबै साथीहरु जम्मा भएको थियो । तर एक जना साथी आएको थिएन । केहि बेर कुरे पछी क रिब ८ बजे ति साथी पनि आइ पुगे । त्यस पछी हामी जम्मा ८ जना भयौ । ८ः१५ बजे हामी एउटा स्करपियोमा सबार भएर जोरपाटि, थली हुँदै साखुं लागी हाम्रो गाडी गुड्यो । जोर पाटी कटे पछी होटेल नोर्लिङ देखी थली वर सम्म बिच बिच का बाटी हरु हिलाम्मे थियो । कुनै ठाउँ मा बाटो बनाउनको लागी बाटोको छेउ छाउ बालुवा र गिट्टी थुपारेको थियो । सायद असारए बिकास होकी या कोभिडको प्रभावले निर्माणमा बाधा पुर्याको हो ठ्याक्क भन्न गाह्रो छ । प्राय जसो बिकास  निर्माणका काम हरु असार महिना मै हुने नेपालको पुरानै रोग हो । तर पनि यो बर्ष त लकडाउन वा बन्दा बन्दी को कारणले पनि हुन सक्छ । केहि बेर हिलाम्मे बाटो  छिचोल्दै हाम्रो यात्रा थली हुँदै अगाडी बढिरहेको थियो ...

तिछुरोङ हेरिटिज ट्रेल यात्रा अनुभव

कोभिड–१९ को प्रभाव विश्वका धेरै मुलुकहरूमा परिसकेको थियो । तर नेपालमा खासै परेको थिएन । महामारिको प्रभाव पर्नसक्ने कुरालाई मध्यनजर राख्दै सरकारले लामो दूरीको यातायातहरू चैत्र ९ गते बन्द गरेको अवस्था थियो । लामो दूरीका यातायात बन्द गरे पनि आन्तरिक हवाइको आवतजावत भने यथावतै थियो । मेरो पूर्व योजना नै थियो चैत्र १० गते डोल्पा जाने र काइके गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू भ्रमण गर्ने । आफैं जन्मेको गाउँपालिका भए पनि सबै गाउँ बस्तीहरू घुम्न र डुल्न अवसर जुटेको थिएन । तर, यसपाली भने घुम्ने नै योजनाका साथ काठमाडौंबाट चैत्र १० गते यती एयरलाइन्सको जहाँजबाट नेपालगन्ज गएँ । नेपालगन्जमा जहाँजबाट ओर्लेर होटेलमा पुगेको केही क्षणमै नेपाल लकडाउन भन्ने समाचार आयो । भोलीपल्ट बिहान ६ बजेको डोल्पाको फ्लाईट थियो तर लकडाउनको कारणले आन्तरिक हवाइ तथा लामो दुरीको यातायात सबै बन्द हुने सरकारले घोषणा गरेपछि तीन दिन नेपालगन्जमा अड्किएँ । लगातार दुई–तीन दिनको ठाँउ–ठाँउमा फोनबाट गरेको निरन्तर पहल पश्चात हामी १०७ जनाको टोली ३ वटा गाडीहरूको साथ दुई दिन र दुइ रातको यात्रा गरी डोल्पाको दुनै पु...