काठमान्डौं उपत्यका जती उकुस र मुकुस छ, तर यहाँ वर पर रहेका डाँडा काँडाहरु भने अति सुन्दर र मनोरम छ । हप्ताको शनिबारे दिन मनाउन यस उपत्यका वरिपरी घुम्न एक से एक ठाउँहरु रहेको छन् । यो भन्दा पहिले मैले लप्सिफेदी देखी नगरकोट सम्मको हाइकिङ यात्राको बारेमा लेखेको थिए । आज एउटा फेरी अर्को हाइकिङ डायरि लिएर आएको छु । यस पल्टको हाइकिङ यात्रामा मलाई साथ दिने हरुमा थिए मेरा हितैसी मित्रहरु जितेन्द्र झाँक्री, पेम्बा लामा, ज्ञाल्जेन लामा, अमृत आले र छेवाङ लामा । हाम्रो पुर्व योजना अनुरुप चन्द्रागिरी देखी हातिबन हिमालयन हाइट रिसोर्ट सम्मको हाइकिङ तय थियो । जस अनुसार मगंलबार बिहान ८:१५ बजे बिहानको नास्ता पछी म सानो भर्याङको साझा पेट्रोल पम्प अगाडी बसे र हाम्रो गाडी आइ पुग्यो । अनि हाम्रो जिप हुइकियो स्वयम्भु, कलंकी हुँदै चन्द्रगिरी हिल्स केवल कार स्टेसन । त्यहाँ पुग्दा कारीब ९ बजेको थियो । कोभिड – १९ को महामारीले गर्दा केवल कार पुर्ण रुपले सुचारु थिएन । हाम्रो हकमा भने बिशेष आग्रह र पहल गरेकोले गर्दा केवल कारको यात्रा जुराएको थियो । केवल कार ९.३० बजे पछी मात्र सन्चालन हुने भन्ने कुरा पछी हामी केहि बेर त्यही वरि परी बरालियौं ।
समुद्री सतह देखी २५४७ मिटर उचाइमा रहेको चन्द्रगिरी डाडाँमा रहेको भालेश्वर माहदेव मन्दिरको एतिहासिक महत्व रहेको छ । पृथ्वी नारायण शाह उनको ससुराली मकवानपुरबाट गोर्खा जाँदा पहिलो पटक काठमाण्डौं उपत्यकाको दृश्य चन्द्रगिरीबाट देखे र त्यही बेला उनले काठमाण्डौ उपत्यकालाई कब्जा गरी राजधानी बनाउने संकल्प गरे । जस अनुरुप उनले त्यहाँ रहेको भालेश्वर मन्दिर छेउमा बसेर ध्यान, तपस्या र साधना पछी नेपाल एकिकरण गर्ने बिचार पनि फुर्यो । भालेश्वर महादेवसंग वर माघे र अन्तत काठमान्डौ उपत्यकामा बिजय प्राप्त गर्नुका साथै नेपाल एकिकरण गरे । यसरि भाले स्वर मन्दिर एउटा वर माग्दा पुरा हुन्छ भन्ने कथन पनि रहेको पाइन्छ । मन्दिरलाई एक परिक्रमा लगाइ दर्शन गरे पछी हामी चन्द्रागिरि हिल्स रिसोर्ट हुँदै ३० मिनेटको हिडाइ पछी हामी भन्ज्याङ पुग्यौं । भन्ज्याङबाट पुर्व हिडे सिम्पानी डाडाँ वा छाप डाडाँ र पश्चिम भालेश्वर डाडाँ उत्तर तर्फ मातातिर्थ र्दक्षिणमा मकवानपुर लागी जाने बाटोहरु रहेछ्न ।
भन्ज्याङमा
२० मिनेटको चियापान गरेर जंगलको बाटो छिचोल्दै हामी अगाडी बढयौ । २० मिनेट
हिडे पछी जगंलको बिचमा एउटा दोबाटो आए
, एउटा बायाँ तेर्सो बाटो र अर्को दायाँ
उकालो बाटो, जगंलको बिचमा एउटा दोबाटो आयो त्यहाँ हामी कुन बाटो हिड्ने अलमलमा पर्यौं। दायाँ
उकालो बाटो नभएर बायाँ तेर्सो बाटो नै होला कि
भन्ने कुरा भयो तर अगाडी जाने
साथीहरु जितेन्द्र र अमृत जि
ले दायाँ उकालो बाटो पछ्याँदै हिडेको रहेछन र हामी पनि
उनिहरुलाई पछयाउँदै हिड्यौं । कारीब एक घन्टाको उकालो र ३० मिनेटको ओरालो झरिमा रुझ्दै
हामी सिमपानी गाउँ पुग्यौं । त्यहाँका स्थानिय हरुलाई चम्पादेविको बाटो सोध्दा थाहा
भयो कि हामिले बाटो बिराएको रहेछौं, फेरी ३० मिनेट उकालो छिचोलेर सिमपानी गाउँको पुर्व
तर्फ हामी छाप डाडाँ पुग्यौं ।
छाप डाडा निकै राम्रो ठाउँ रहेछ, त्यहाँ बाट पुर्व तल झरे मत्से गाउँ कृतिपुर , पश्चिम तल सिम्पानी, उत्तर तिर भन्ज्याङ र दक्षिण चम्पा देवी जाने बाटोहरु रहेछ्न । छाप डाडाँ हामिले आफैले लगेको नास्ताहरु अन्डा रोटि, स्याण्ड विच र केहि स्नायक्सहरु लिमोन टि को चुस्की संगै खायौं ।दिउसोको दुइ बजेको थियो, हामी त्यहाँबाट दक्षिण तर्फ चम्पादेवी तिर प्रस्थान गर्यौ । २० मिनेट तेर्सो अनि ४० मिनेटको उकालो कटेर हामी बानेश्वर डाँडा पुग्यौं । त्यहाँ बाट भने एक घन्टा जत्तिको सिँडिको ओरालो झरे पछी भने चम्पादेवी पुग्यौं, त्यहाँ पुग्दा ४ बजेको थियो ।
चम्पादेवी माताको दर्शन पश्चात हामी २० मिनेट जतिको ओरालो, १० मिनेट उकालो र ३० मिनेटको तेर्सो हिडाइ पछी हातिबन जंगल पुग्यौं । हातिबन जंगलको बिचमा एउटा रिसोर्ट पनि रहेछ । त्यहाँबाट काठमाडौं उपत्यका र उत्तर मा हिमाल हरुको मनोरम दृष्य अद्भुत थियो ।
तर कोभिडको महामारिले रिसोर्ट बन्द थियो । हाम्रो गाडी हामिलाई लिन त्यहाँ आइसकेको थियो ।केहि बेर रिसोर्ट बाहिर बसाइ पछी ५.३० बजे हामी गाडी चड्यौ र सिधै कृतिपुर स्थित लहानामा नेवारी भोजनको स्वाद लिएर ७ बजे तिर आआफ्नो बास्स्थान तिर फर्कियो ।
Comments
Post a Comment