शनीबारको दिन थियो, काठमान्डौ बादलले लटरम्म डाकेको थियो । बिहानको खाजा नास्ता पछी करिब सात बजे तिर म सानो भर्याङबाट बाइकमा बौद्ध गेट पुगे, त्यहाँ केहि साथीहरु कुरिरहेको थियो । हाम्रो पुर्व योजना अनुरुप ८ बजे बौद्ध गेटमा जम्मा भएर जाने थियो । घडिले करिब ७ः५० बजाएको थियो सबै साथीहरु जम्मा भएको थियो । तर एक जना साथी आएको थिएन ।
केहि बेर कुरे पछी क रिब ८ बजे ति साथी पनि आइ पुगे । त्यस पछी हामी जम्मा ८ जना भयौ । ८ः१५ बजे हामी एउटा स्करपियोमा सबार भएर जोरपाटि, थली हुँदै साखुं लागी हाम्रो गाडी गुड्यो । जोर पाटी कटे पछी होटेल नोर्लिङ देखी थली वर सम्म बिच बिच का बाटी हरु हिलाम्मे थियो । कुनै ठाउँ मा बाटो बनाउनको लागी बाटोको छेउ छाउ बालुवा र गिट्टी थुपारेको थियो । सायद असारए बिकास होकी या कोभिडको प्रभावले निर्माणमा बाधा पुर्याको हो ठ्याक्क भन्न गाह्रो छ । प्राय जसो बिकास निर्माणका काम हरु असार महिना मै हुने नेपालको पुरानै रोग हो । तर पनि यो बर्ष त लकडाउन वा बन्दा बन्दी को कारणले पनि हुन सक्छ । केहि बेर हिलाम्मे बाटो छिचोल्दै हाम्रो यात्रा थली हुँदै अगाडी बढिरहेको थियो ।
साथीहरु बिच गफ शुरु भयो, काठमाण्डौमा यती सारो बस्ती र जनघनत्व किन होला, अब त देश संघियता पनि गइसकेको छ अझै पनि यस्तो उकुस मुकुस भन्दै एक जना साथी भन्दै थियो , अर्को साथिले थपे काठमाण्डौ पुरानो एतिहासिक तथा सांस्कृतिक महत्व बोकेको राजधानी हो । साथै मौसमको हिसाबले पनि संसार कै सर्वोकृष्ट हावापानी छ, मानिसको चापले प्रदुषण नै भए पनि यहाँको मौसम एकदम राम्रो छ भने। यस्तै गफगाफ गर्दै हामी साँखु पुग्यौ । साँखु काठमाण्डौं उपत्यकाको एउटा पुरानो ऐतिहासिक बस्ती हो । यो कुनै समयमा उपत्यकाको एउटा प्रमुख ब्यापारिका नाका पनि थियो । यही बाटो भएर तिब्बाटबाट नुन आउने गर्दथियो । साखुँ बजारलाई पार गर्दै हामी लप्सी फेदी पुग्यौ । लप्सी फेदीमा पुग्दा कारीब ९ बजेको थियो । लप्सी फेदिको पुलमा हामी गाडीबाट ओर्लियौं र हामी लप्सिफेदिको पुलको बाया पट्टीबाट उकालो चडयौ र त्यहाँबाट हाम्रो पदैल यात्रा शुरु भयो ।

लब्सी फेदीबाट लब्सी गाउँ बस्ति र खेतको आलिहरुको बाटो हुँदै हाम्रो यात्रा अगि बढिरहेको थियो । स्थानिय बासिहरु कोहि रोपाइ, त कोहि घाँसका भारि बोकेका थिए, कोहि बस्तुभाउ चराइ रहेका थिए । केहि बेरको हिडाइ पछि हामी झारसिङ पौवा पुग्यौ ।
झारसिङ
पौवाबाट सांखु बजार निकै राम्रो देखिन्थियो । झार्सिङ पौवा
बजारको बिचमै तिन तिर जाने चोक रहेछ, उत्तर तर्फ हुदै हेलम्बु, दक्षिण तर्फबाट नगरकोट र पश्चिम तर्फको
बाटो भएर साँखु बजार जाँदो रहेछ । तर हामि
भने झार्सिङ पौवा बजारको पश्चिम पट्टीको पैदल मार्ग जंगलको बाटोलाइ पछ्याउँदै आहल चौर पुग्यौ ।
आहल
चौर निकै राम्रो ठाउँ रहेछ, पिक्निक तथा रिफ्रेश हुनको लागी जाने निकै राम्रो ठाउँ
रहेछ । त्यहाँ पुग्दा ११ बजेको थियो र हामी त्यहाँ खानाको लागी रोक्यौ । खानाको लागी
केहि बेर कुर्नु पर्यो र १२ बजे तिर हामि खाना खान खायौं । लोकल खसिको मासु, लोकल गोलभेडा
दाउरामा पोलेर बनाएको अचार, अनि लोकल काँक्रो स्वाद अदभूत थियो ।
खाना
खाएर कारीब १२ः३० बजे तिर आहाल चौरबाट हाम्रो यात्रा अगाडी लम्कियौं । आहाल चौरबाट
१५ मिनेटको उकालो र फेरी १५
मिनेट तेर्सो हुँदै शिला देबि बिद्यालय,दोक्सान पुग्यौं । त्यहाँ एउटा
बिदेश संस्थाले महाभूकम्प पछि पूर्ननिर्माणको बेला बनाएको नमुना घरहरुको भौतिक संरचना निकै नै हेर्न लायकको
थियो ।
केहि बेरको अवलोकन पश्चात हामि फेरि सल्लाको जंगल पछयाउदै प्रेम डाडाँ पुग्यौ । प्रेम डाँडा निकै रमनिय ठाउँ रहेछ । त्यहाँबाट हिमालको दृष्यहरु पनि देखिन्थियो रे तर बर्षा बेला लटरम्म बादलले ढाकेको हुँदा हामिले त्यो देख्न पाएनौ ।
त्यहाँबाट केहि ओरालो अनि तेर्सो हिडेपछि अर्को डाँडा पुग्यौं, त्यहाँ भिउ टावर बन्दै रहेछ । अनि फेरी केहि ओरालो र त्यस पछि तेर्सो २० मिनेट पछी हामी कातिक्के पुग्यौ । कात्तिके एउटा सानो गाउँ रहेछ । यहाँबाट पनि वारीपारी राम्रो दृष्य देख्न सकिने रहेछ । कात्तिकेबाट घुमाउरो रोडको बाटो कतै सटकट (छोटो) बाटो पछ्याउदै करिब दिउँसोको २ बजे तिर हामी हाम्रो अन्तिम गन्तब्य नगरकोट फार्म हाउस पुग्यौं । फार्म हाउसमा केहि बेरको बसाइ चिया, कफि अनि लोकल आरु संगै मिठो गफगाफ पछि त्यहाँका कोठाहरु र वरिपरिको दृष्य अवलोकन पश्चात हाम्रो गाडी ४ बजे आइ पुग्यो र हामी त्यहाँबाट हिढ्यौ ।
Comments
Post a Comment