Skip to main content

तिछुरोङ हेरिटिज ट्रेल यात्रा अनुभव

कोभिड–१९ को प्रभाव विश्वका धेरै मुलुकहरूमा परिसकेको थियो । तर नेपालमा खासै परेको थिएन । महामारिको प्रभाव पर्नसक्ने कुरालाई मध्यनजर राख्दै सरकारले लामो दूरीको यातायातहरू चैत्र ९ गते बन्द गरेको अवस्था थियो ।
लामो दूरीका यातायात बन्द गरे पनि आन्तरिक हवाइको आवतजावत भने यथावतै थियो । मेरो पूर्व योजना नै थियो चैत्र १० गते डोल्पा जाने र काइके गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू भ्रमण गर्ने ।
आफैं जन्मेको गाउँपालिका भए पनि सबै गाउँ बस्तीहरू घुम्न र डुल्न अवसर जुटेको थिएन । तर, यसपाली भने घुम्ने नै योजनाका साथ काठमाडौंबाट चैत्र १० गते यती एयरलाइन्सको जहाँजबाट नेपालगन्ज गएँ । नेपालगन्जमा जहाँजबाट ओर्लेर होटेलमा पुगेको केही क्षणमै नेपाल लकडाउन भन्ने समाचार आयो ।
भोलीपल्ट बिहान ६ बजेको डोल्पाको फ्लाईट थियो तर लकडाउनको कारणले आन्तरिक हवाइ तथा लामो दुरीको यातायात सबै बन्द हुने सरकारले घोषणा गरेपछि तीन दिन नेपालगन्जमा अड्किएँ ।
लगातार दुई–तीन दिनको ठाँउ–ठाँउमा फोनबाट गरेको निरन्तर पहल पश्चात हामी १०७ जनाको टोली ३ वटा गाडीहरूको साथ दुई दिन र दुइ रातको यात्रा गरी डोल्पाको दुनै पुग्यौं ।
दुनै पुगे पश्चात नेपाल सरकारले घोषणा गरेको मापदण्डअनुसार एक ठाउँबाट अर्को ठाउँ जाँदा क्वारेन्टिन बस्नुपर्ने प्रावधान अनुरुप १५ दिनको बसाइपछि आफ्नो गन्तव्य काइके गाउँपालिकाको मेरो जन्म गाउँ गुम्बातारा गएँ ।
करिब तीन हप्ताको लागि काइके गाउँपालिकाका गाउँहरू र धार्मिक तथा पर्यटकीय स्थल घुम्ने मेरो योजना अझै यथावत नै थियो । नेपाल सरकारले निर्धारण गरेको प्रावधान १४ दिन क्वारेन्टिन र ७ दिन होम क्वारेन्टिन भन्ने प्रावधानलाई आत्मसाथ गर्दै ७ दिन होम क्वारेन्टिन बसियो ।
त्यसपछि भने मेरो आफ्नो पूर्व निर्धारित योजना अनुरुप काइके गाउँपालिकाका गाउँ तथा धार्मिक तथा पर्यटकिय स्थलहरू घुम्न निस्केँ । मेरो साथमा थिए भान्जा सूर्य रोकाया । जसअनुसार सुरुमा टुप्पा तारा गयौं । त्यहाँ रहेको गुम्बा र देवताका थानहरूको अवलोकन गरियो ।
त्यसपछि त्यसै गाउँको नजिकै रहेको दलितहरूको गाउँ रिवामा गएँ । त्यहाँ पनि देवताका थानहरूको दर्शन गरियो र हामी शहरतारा आयौं । शहरतारा मेरो मावली गाउँ हो । मेरो बाल्यकाल मावली मै बितेको थियो र अहिले जाँदा पनि शहरतारा मेरो आफ्नै गाउँ जस्तै लाग्छ ।
त्यसको भोलीपल्ट ताराकोट गएँ । ताराकोट एउटा यस्तो एतिहासिक गाउँ हो जुन गाउँ काइके भाषाको उत्पतीसँग जोडिएको छ । त्यहाँ केही घन्टाको बसाइपछि र मांघाङ गुम्बाको दर्शन गरेपछि फेरी शहरतारा मै फर्कियौं ।
सन १९६७ तिर मानवशास्त्री जेम्स फिसर यही बाटो भएर पोखरादेखि तिचुरोङ क्षेत्र जानु भएको थियो । टिचुरोङ को ताराङयानिकी शहरतारामा करिब एक वर्षको फिल्ड वर्क गरी उनले अनुसन्धात्मक किताब ‘ट्रान्स(हिमालयन ट्रेड’ भन्ने पुस्तक प्रकाशनमा ल्याए ।
सन १९६७ तिर मानवशास्त्री जेम्स फिसर यही बाटो भएर पोखरादेखि तिचुरोङ क्षेत्र जानु भएको थियो । तिछुरोङको ताराङयानिकी शहरतारामा करिब एक वर्षको फिल्ड वर्क गरी उनले अनुसन्धात्मक किताब ‘ट्रान्स हिमालयन ट्रेड’ भन्ने पुस्तक प्रकाशनमा ल्याए ।
त्यसैगरी सन १९७७ मा अमेरिकी लेखक पिटर म्याथियासन र जिवविज्ञान शास्त्री जोर्जबी.स्यालरले डोल्पो क्षेत्रमा हिमचितुवाको खोजी गर्न जाँदा त्यही पोखरा बेनी अनि ढोरपाटन सम्तिलिङ हुँदै तिचुरोङ हुँदै गएका थिए । अहिले पनि बर्षेनी करिब ४–५ समूह विदेशी पदयात्रीहरू यही बाटो हुँदै डोल्पामा पदयात्रा गर्ने गर्दछन् । त्यसै गरि, हर्क गुरुङले पनि उनको पुस्तक 'मैले देखेको नेपाल' मा तिचु-रोङ (सुवासले भरिएको उपत्यका) उल्लेख गरेका छन (पे ६८) । 
सामतिलिङ गाउँमा २ घन्टाको बसाइ निकै रमाइलो रह्यो । त्यस दौरानमा आदरणिय दाइ बुद्दी झाँक्रीको स्याउ फाराम र त्यहाँ रहेको डोल्पा तेर्छुरोङ्गडुप्दे ध्यान केन्द्र र दुइवटा पौराणिक गुम्बाहरू साम्तिलिङ गुम्बा र रिक्वा गुम्बाहरूको अवलोकन पश्चात हामी त्यस्को भोली पल्ट गुम्बातारा फर्कियौं ।
गुम्बातारामा केही दिन बस्नुपर्यो, किनभने गुम्बातारामा चैती शुरु हुन लागेको थियो । चैती चैत्र महिनामा मनाउने तराली मगरहरूको एक बिशेष महत्व भएको पर्व हो ।
तराली मगरहरूको कुलदेव च्योहोपताको भक्तीभावमा समर्पित यस पर्वमा बिशेष गरी ठूलो गाउँ हुनेहरूमा दुई घर नयाँ रुङ्मा र दुइ घर पुरानो रुङमा, अनि सानो गाउँहरूमा एउटा घर पुरानो रुङ्मा र एउटा घर नयाँ रुङ्मा गरेर मनाउने चलन छ ।
रुङ्माको दिन बेलुकीपख नयाँ रुङ्मावालाका सबै घरपरिवारहरू पुरानो बहुमूल्य गरगहना तथा लत्ताकपडामा सजिएर पुरानो रुङ्माको छटमा जाने चलन छ । त्यहाँ सबै गाउँलेहरू पनि जम्मा भएर छ्याङ खाने चलन छ । त्यसपछिको दुइ दिन नयाँ रुङमा र पुरानो रुङमाहरूले सबै गाउँलेहरूलाई बोलाएर भोज खुवाउने चलन पनि छ ।
चार दिनको चैती बसाइपछि हामी यलाकोट्, लसी क्याप हुँदै सादुल गुम्बा तथा धार्मिक तिर्थ स्थलमा गयौं । सादुल क्षेत्र काइके गाउँपालिका (तिछुरोङ) क्षेत्रको एतिहासिक महत्व बोकेको पवित्र क्षेत्र हो । यस क्षेत्रमा १३ औं सताब्दीतिर लामा धारछ्योछ्योले तपस्या गरी सिद्दी प्राप्ती गरेको क्षेत्र हो ।
यहाँ बौद्ध तिर्थहरूको सारसंक्षेप पनि रहेको छ । करिब दुई घन्टाको परिक्रमा पश्चात हामी खानी गाउँतिर लाग्यौं । खानी मेरो ससुराल गाउँ हो । ससुराल गाउँमा दुई दिनको बसाइ पश्चात हामी बैजिबारा गयौँ ।
खानी देखी बैजीबारा कारीब २–३ घन्टा लाग्यो। खानीबाट बैजिबारा जाने बाटोबाट पारीपट्टि देखिने गाउँहरू, रुख, गुफा, गुम्बातारा, शहरतारा, साम्तिलिङ, ताराकोट, टुपातारा र रिवा अनि जंगला तथा पुथा हिमाल र धौलागिरी हिमशृंखलाको मनमोहक दृश्यहरू शब्दमा बर्णन गर्न नसकिने थियो । बैजीबारा गाउँ बोन धर्मालम्बीहरूको गाउँ हो ।
यस गाउँदेखि आधा घन्टा पर पूर्वतिर न्याचेन रिवोवाल्वार बोन धर्मालम्वीहरूको पवित्र तिर्थस्थल रहेको छ । पूर्वप्रधानपञ्च कर्णबहादुर बिस्टज्युले हामीलाई यसक्षेत्र परिक्रमा गर्न साथ दिनुभएको थियो । बाह्रौं सताब्दीतिर यस पवित्र क्षेत्रमा बोन लामा मेल्हा ध्यान तपस्या गरी सिद्दी प्राप्त गरेको बताइन्छ ।
बोन लामा मेल्हा र गुम्बातारामा आसिन काग्यु लामा नाक्पो जुम्नेबीच भएको शक्ती प्रदशर्नका ढुङ्गे छाप र निसानाहरू प्रष्ट रुपमा हेर्न पायौं । बोन रिवोवाल्वा र बारेस्विस मानवशास्त्री मारिएता किन्डले ‘द बोन ल्यान्ड स्क्याप अफ डोल्पो’ नामक शोध पुस्तकमा विस्तृत रुपमा प्रकाश पारेकी छिन् ।
करिब दुई घन्टाको परिक्रमा पश्चात अन्त्यमा युङ्डुङसुक्चाल बोन गुम्बाको दर्शन गर्यौं । त्यसपछि हामी सरीबार व्याँसी गाउँ पुग्यौं ।
व्याँसी गाउँको शिरमा रहेको सुर्बोछे गुम्बाको दर्शन गर्ने बिचार थियो तर समयको पावन्दीले हामी त्यहाँ जान सकेनौं र हामी ब्याँसी गाउँबाट बन्ठाडा झर्यौं ।
बन्ठाडामा एक रात बसाइपछि हामी भोलीपल्ट बिहान व्यास तपोभूमितिर लाग्यौं । व्यास तपोभूमि काइके गाउँपालिकाभित्र रहेको पवित्र हिन्दू तिर्थस्थल हो । व्यास तपोभूमी व्यासगाड त्रीवेणीको शीरमा रहेको छ ।
यस तपोभूमिमा वेदव्यासले ऋगवेदको संहिता करण गरेको भन्ने तथ्य पाइन्छ । रिग्मो दह यानिकी फुक्सुम्डो तालसम्म वेदव्यास जाने, कन्दमुल र दाडिम खाएर जीवन गुजारेको भन्ने योगी नरहरीनाथले लेख्नु भएको पुस्तकमा भेटिन्छ ।
व्यास तपोभुमीमा स्रावन र भाद्रा पूर्णिमामा श्रद्धालु भक्तजनहरू विशेष गरी धामी झाँक्री मस्टोको घुइचो लाग्ने गर्दछ । करिब १ घन्टाको तेस्रो हिँडाइपश्चात नवनिर्मित धर्माशालामा पुग्यौं । त्यहाँबाट उकालो बाटो शुरु हुन्छ र करिब ३–४ घन्टा उकालो हिँडाइपछि व्यास तपोभूमी क्षेत्रमा पुग्यौं । व्यास तपोभूमिको भ्रमणमा हामीलाई त्यहाँ स्थानीय भाइ गणेष रोकायाले साथ दिए । व्यास क्षेत्रमा हामी जाँदा हिउँले टनक्क ढाकेको थियो ।
चारैतिर सेताम्मे हिमाल अनि बीचमा कैलाश पर्वत आकार त्यस्को मुनिपट्टी एउटा नवनिर्मित मन्दिर असाध्यै मनमोहक थियो । त्यस कैलाश आकारको व्यास हिमालको परिक्रमा गर्न करिब एक घण्टा लागेको थियो । चारैतिर हिउँले ढाकिएकोले गर्दा यात्रा कष्टकर भए पनि तर त्यहाँको मनमोहक दृश्य र धार्मिक तरङ्गले मनमा अदभूत खालको शान्तिको अनुभूति भयो ।
केहि बेर बसाइपछि मन्दिर दर्शन गरियो । त्यसपछि हामीले लिएको खाजा खायौं । खाजामा फापरको लगर र आलु अनि खुर्सानी थियो । खाजा खाएको केही बेरपछि हामी बन्ठाडा फर्कियौं । त्यसैको भोलीपल्ट धारापानी गाउँ अनि लावन हुँदै फेरी आफ्नो गाउँ गुम्बातारा फर्कियौं ।
काइके गाउँपालिकाको वडा नम्बर १ को कोलागाउँ र ताचीन गाउँ भने शुरुमा जान पाएको थिएन्, किन भने त्यस क्षेत्र कोरोनाको कारणले वडा शील गरिएको थियो । त्यहाँ अन्य गाउँ तथा वडाहरूबाट आवत जावत बन्द गरेको थियो । तर, जेठ ४ गतेदेखि भने उक्त वडा पनि खुला गरिएको थियो ।
त्यसै अनुरुप जेठ ९ गते हामी कोला र ताचीन गाउँ घुम्न गयौं । गुम्बाताराबाट करिब ३–४ घन्टाको पदयात्रा पश्चात हामी ताचिन गाउँ पुग्यौं । ताचिनमा हाम्रो बास मेरा हितैसी मित्र निमा छिरिङ बुढाजीकोमा भयो । त्यसको भोलीपल्ट सुन्दर र पवित्र धार्मिक स्थल न्याचेन धेचेनपलरी क्षेत्रको भ्रमण गर्यौं ।
ताचिन गाउँबाट ४५ मिनेटदेखि एक घण्टाको उकालो चडेपछि पुगिन्छ मनोरम फाँट अनि सुन्दर र पवित्र धेचेनपलरी क्षेत्र । यस क्षेत्रमा परापूर्वकाल १४ औं सताब्दीतिर आनी उर्गेन छुइकीले ध्यान साधना गर्नुभएको भन्ने तथ्यहरू पाइन्छ ।
टटु उर्गेन तेजिनले निर्माण गर्नुभएको गुम्बा गत २ वर्षअघि मित्र निमा छिरिङ बुढाको पहल र गाउँलेहरूको साथ सहयोगमा निर्माण भएको रहेछ । गुम्बाभित्र ‘ज्याम्पा बुद्ध’को ठूलो मूर्ति पनि रहेको थियो ।
केही बेरको पूजापाठ र दृश्यवलोकन पश्चात हामी ताचिन गाउँ फर्कियौं । खाना खाएको केही बेरपछि फेरि कोला गयौं । कोलामा रहेका गुम्बाहरूको दर्शन पश्चात फेरी त्यही दिन गुम्बातारा फर्कियौं ।


Comments

Popular posts from this blog

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...

बस्तु विनिमय प्रथा: याङ्माली भोटे र तम्मोरखोले लिम्बुको आलु र कोदो साटासाट

" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल   र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर   याङ्मा खोला कन्चन   बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु   तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए ।   ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे   भोटेका केटाकेटीहरु " रोङ्बा   लेप्सो , रोङ्बा   लेप्सो "   (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए ।   बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे ।   लिम्बुहरुलाई तानेर   आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै   मानव समुह   बिच विना मुद्राको प...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...